• सर्वोच्च अदालतको न्यायाधीश पद रिक्त

  • काठमाडौं, फागुन ७ : सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले  राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राजीनामा दिएकाले अदालतमा आजदेखि सो पद रिक्त भएको छ ।

    नेपालको संविधानको धारा १३१ को खण्ड (क) बमोजिम प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीशले आफ्नो पदबाट राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा निजको पद हुने रिक्त हुनेछ ।  विवादित न्यायाधीश जोशीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामार्फत राष्ट्रपति भण्डारीसमक्ष आज राजीनामा दिएका हुन् ।

    संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि जोशीको नाम अनुमोदन नगरेपछि न्याय सम्पादन गर्ने वा नगर्ने विवादका बीच उनले अदालतमा काम गरिरहेका थिए । जबरा प्रधानन्यायाधीश नियुक्त भएसँगै उनलाई न्याय सम्पादनको जिम्मेवारीबाट मुक्त गरिएको थियो । जोशी बिदामा बसेका थिए । उनको कार्यकाल आगामी जेठसम्म थियो ।

  • कमेन्ट गर्नुहोस्