सेनामा हुँदा बलात्कृत भएको अमेरिकी सिनेटरको दाबी


वासिङ्टन, फागुन २४ : अमेरिकी सिनेटर मार्था म्याकसेलीले आफू अमेरिकाको वायुमा सेनामा हुँदा सेनाका उच्चस्तरीय व्यक्तिबाट बलात्कृत भएको आरोप लगाएकी छिन् ।
सेनाबाट हुने यौनजन्य हिंसाको सुनुवाईका लागि बनेको उपसमितिमा आफू वायु सेनाको यौनजन्य हिंसामा परेको जीवित उदाहरण भएको रिपब्लीकन सिनेटर मार्था म्याकसेलीले दाबी गरिन् ।
सेनाको उच्चस्तरमा रहेका ती बलात्कारीले पदको दुरूपयोग गरी यस प्रकारको हिंसा गरेको म्याकसेलीले बताइन् ।
एरिजोना राज्यबाट सिनेटर पदमा पुगेकी ५२ वर्षीया म्याकसेली सन् १९८८ देखि २०१० सम्म अमेरिकी वायु सेनामा कार्यरत थिइन् ।
उनले कर्नल पदबाट अवकाश पाएको समाचारमा जनाइएको छ ।
‘यस्ता अपराधबाट धेरै पीडित जस्तै म पनि दोहोरिए जस्तो मलाई लाग्थ्यो,’ म्याकसेलीले बताइन् ।
म्याकसेलीको अभियोगबाट स्तब्ध र दुःखी भएको बताउँदै अमेरिकी वायुसेनाले एउटा विज्ञप्ति जारी गरेको छ ।
म्याकसेलीलाई नौसेनाको एक टुकडी कमाण्ड गर्ने पहिलो युद्ध विमान चालक अमेरिकी महिलाको रूपमा पनि हेरिन्छ ।
कमेन्ट गर्नुहोस्
