• विप्लवलाई वार्तामा आउन कांग्रेस सभापति देउवाको आग्रह

    नेपाल प्रेस युनियन पाल्पा शाखाद्धारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रमा मनतव्य राख्दै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा । तस्वीरः कृष्ण दर्नाल रासस, पाल्पा
  • पाल्पा, चैत २ : नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन् । विप्लव नेतृत्वको पार्टलाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने उनले बताए ।

    प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले प्रकाशन र अभिव्यक्ति स्वतन्त्रतामाथि राज्यले दमन गर्न नहुने बताए । नेपाली कांग्रेस र प्रजातन्त्र पर्यायवाची रहेको बताउँदै प्रतिपक्षका रूपमा रहेको कांग्रेस रेलिङ्ग भाच्ने पार्टी नभएको देउवाले बताए । नेपाली कांग्रेस हिन्दू धर्मको पक्षमा रहेको भन्ने सञ्चारकर्मीको प्रश्नमा देउवाले नेपाल संविधानमा व्यवस्था मान्ने बताए ।

    गिरिजाप्रसाद कोइरालाले धर्म निरपेक्षताको नेतृत्व गरेकाले शेखर र शङ्शाक कोइरालाले हिन्दू धर्मका पक्षमा बोलेर केही नहुने उनले बताए । कार्यक्रममा वर्तमान सरकारले एक वर्षको अवधिमा राम्रा काम गर्न नसकेको देउवाले बताएका छन् ।

  • कमेन्ट गर्नुहोस्