• उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने प्रधानमन्त्रीको भनाइ

  • विराटनगर, चैत ३ : प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त समयमा मन्त्रिमण्डलले पूर्णता पाउने बताएका छन् ।

    विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुरा गदै उनले रिक्त रहेका मन्त्रालयमा अब पुनर्गठन होइन पूर्णता प्रदान गरिने प्रष्ट पारे ।

    नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले विप्लव समूह हत्या हिंसा, लुटपाट, तोडफोड गर्ने एउटा समूहमात्र भएकोले त्यस्ता गतिविधि बन्देज गर्न रोक लगाइएको बताए ।

    विप्लव समूहलाई आह्वान गर्दै प्रधानमन्त्री ओलीले भने, “सरकार ठट्टा गर्दैन हत्या हिंसा, आतङ्क सिर्जना गरी जनतामा आतङ्कित गर्ने समूहलाई निषेध मात्र होइन नियन्त्रण पनि गर्छ ।”

    विप्लव समूहको कुनै पनि माग सभ्य लोकतान्त्रिक समाजले सुन्न सक्ने खालको नभएकोले अनुचित, गैरसंवैधानिक कार्य गर्न रोक लगाइएको प्रधानमन्त्री ओलीले बताए ।    

    विखण्डन, पृथकतावादी सोच विचार भएको सङ्गठन अब नेपालमा समाप्त भएको प्रधानमन्त्री ओलीले बताए । संविधानलाई स्वीकार गरी सक्रिय राजनीतिमा सिके राउतले आउँछु भन्दा अन्य नेताले रूवावासी गर्नु र छाती पिट्नुको उद्देश्य बुझ्न पनि उनले आग्रह गरे ।

  • कमेन्ट गर्नुहोस्