• ब्राजिलका पूर्वराष्ट्रपति गिरफ्तार

  • ब्राजिलिया, चैत ९ : ब्राजिलका पूर्व राष्ट्रपति मिसेल टेमर भ्रष्टाचारको अभियोगमा पक्राउ परेका छन्  ।

    टेमर सन् अगष्ट २०१६ देखि सन् डिसेम्बर २०१८ सम्म ब्राजिलका राष्ट्रपति थिए । राष्ट्रपति रहँदै उनी विरूद्ध भ्रष्टाचारको अभियोग लागेको थियो । टेमरले सन् २०१४ मा नेता र कर्मचारीको मिलेमतोमा अनियमितता गरेको अभियोग छ । टेमरले आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन् ।

    टेमरलाई साओ पाउलोस्थित आफ्नै निवासबाट पक्राउ गरिएको र हाल संघीय प्रहरीले रियो दि जेनेरियो लगेको अधिकारीहरूले जनाएका छन् । भ्रष्टाचार, आपराधिक संगठन र सम्पत्ति शुद्धिकरणका विषयमा छानविन गर्न टेमरलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

    भ्रष्टाचारकै अभियोगमा पूर्वराष्ट्रपति लइज इनाकिओ जुला डा सिल्भा र पूर्व खनिज तथा उर्जा मन्त्री मोरेइरा फ्रान्सो लगायत अन्य नेतालाई पनि प्रहरीले गिरफ्तार गरेको छ ।

  • कमेन्ट गर्नुहोस्