• अमेरिकी चुनावमा रूसी ‘हस्तक्षेप’बारे मुलर प्रतिवेदन पेश

  • वासिङ्टन : सन् २०१६ को अमेरिकी राष्ट्रपतिय निर्वाचनमा रूसी ‘हस्तक्षेप’ बारे अनुसन्धान गरिरहेको विशेष काउन्सिल रोबर्ट मुलरको टिमले प्रतिवेदन पेश गरेको छ ।

    राष्ट्रपति चुनावमा रूसी प्रभाव र राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानबीचमा साँठगाँठ रहेको आरोपबारे विशेष काउन्सिल मुलरको टोलीले अनुसन्धान गरेको हो ।

    मुलरले महान्यायाधीवक्ता विलियम बारलाई प्रतिवेदन बुझाएका हुन् । महान्यायाधीवक्ता विलियमले अब प्रतिवेदनलाई संक्षेपिकरण गरी अमेरिकी काँग्रेसमा प्रस्तुत गर्ने अंशबारे निर्णय लिने बताइएको छ ।

    मुलरको प्रतिवेदनमा कुनै पनि किसिमको गम्भीर आरोप नलगाइएको समाचार छ ।

    विशेष काउन्सिल मुलरले राष्ट्रपति ट्रम्पका ६ जना पूर्व सहयोगी तथा दर्जनौं रूसी अधिकारीविरूद्ध यसअघि नै आरोप लगाएका थिए ।

    महान्यायाधीवक्ता विलियमले कंग्रेसका नेतालाई पत्र लेखेर मुलरको प्रतिवेदनका मुख्य कुरा यहि सप्ताहन्तमा पेश गर्ने जनाएका छन् । मुलरले २२ महिनापछि प्रतिवेदन पेश गरेका हुन् ।

  • कमेन्ट गर्नुहोस्