• भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर

  • काठमाडौं, चैत ११ : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले एक करोड ४८ लाख ७९ हजार छ सय ८० रूपैयाँ बराबरको भ्रष्टाचार गरेको अभियोगमा जिल्ला वन कार्यालय, डोल्पाका तीन कर्मचारीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

    आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार निजी जग्गाबाट जडीबुटी सङ्कलन गरेको भनी नक्कली कागजात तयार पारी भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ । आयोगले  डोल्पाका तत्कालीन वन अधिकृत रामविचारी ठाकुर, फरेस्टरद्वय रूद्रबहादुर बुढा र भीमबहादुर बुढालाई भ्रष्टाचार गरेको अभियोग लगाएको हो ।

    सामुदायिक तथा राष्ट्रिय वनबाट सङ्कलन भएको एक लाख ८५ हजार नौ सय ९६ किलोग्राम  जटामसी जिल्लाबाहिर लैजान छोडपुर्जी दिई, आफैं मुचुल्का, प्रतिवेदन तयार गरेको तर सरकारी राजश्वमा जम्मा नगरेको पाइएको छ ।

  • कमेन्ट गर्नुहोस्