• आठौं राष्ट्रिय खेलकूद वैशाखमा

  • काठमाडौं, चैत १६ : आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता वैशाख ५ देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को बोर्ड बैठकले प्रदेश नं ५ मा हुने उक्त प्रतियोगिताको मिति तय गरेको हो ।

    यसअघि बसेको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता यही चैत २५ गते उद्घाटन गर्न प्रस्ताव गरेको थियो । राखेप सदस्यसचिव केशवकुमार विष्टले सो प्रतियोगिताको उद्घाटन यही चैत २७ गते हुने बताउँदै आएका थिए । नेपालगञ्ज रङ्गशालाको भिआइपी प्यारापिटको निर्माण सम्पन्न नहुँदा प्रतियोगिताको मिति अनिश्चित बनेको थियो । अहिले प्यारापिटको काम तीव्र गतिमा अघि बढेका कारण आज नयाँ मिति तय गरिएको हो । 

  • कमेन्ट गर्नुहोस्