• नागढुंगामा बम बिस्फोट, लगनखेलमा श‌ंकास्पद प्रेसर कुकर

    काठमाडौंको सुकेधारामा आइतबार भएको विस्फोट परी घाइते भएकालाई उपचारका लागि ट्रमा सेन्टर ल्याइँदै । तस्विर : रोशन सापकोटा, रासस, काठमाडौं
  • काठमाडौं, जेठ १२ : चन्द्रागिरी नगरपालिकामा पनि बम बिस्फोट भएको छ । नागढुङ्गाको इँटाभट्टा नजीकै भएको बम विस्फोटमा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काको परिचय खुल्न बाँकी रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ । अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

     त्यस्तै ललितपुरको लगनखेलमा पनि बम फेला परेको छ ।  लगनखेलको बसपार्क भित्र प्रेसर कुकरमा शंकास्पद वस्तु फेला परेको हो । स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो । सो वस्तु नेपाली सेनाको टोलीले विस्फोट गराएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अपिलकुमार बोहराले जानकारी दिए ।

  • कमेन्ट गर्नुहोस्