• राज्यको पुनर्संरचना अपरिहार्य : बाबुराम भट्टराई

    फेसबुकबाट साभार https://www.facebook.com/Socialistpartynepal/
  • जनकपुरधाम, जेठ १२ : समाजवादी पार्टी नेपाल, सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले संविधानलाई पूर्णता दिन राज्यको पुनःसंरचना अपरिहार्य भएको बताएका छन् ।

    समाजवादी पार्टी नेपालको मधेश प्रदेश समितिद्वारा जनकपुरधाममा आयोजित प्रादेशिक अभिमुखीकरण कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले संविधानलाई पूर्णता दिन संशोधन गरी सबैको अस्तित्वलाई स्वीकार र समानताको प्रत्याभूति हुनु जरूरी भएको बताए ।

    समृद्ध नेपालको सपनालाई साकार बनाउन वर्गीय, जातीय, लैङ्गिक विभेद, उत्पीडनको अन्त्य जरूरी रहेको उनको भनाइ थियो । उनले आफू प्रधानमन्त्री हुँदा कांग्रेस र एमालेले सङ्घीय संरचना आयोगले सिफारिस गरेको सङ्घीय संरचना कार्यान्वयन हुन नदिएको आरोप लगाए ।

    उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री एवं समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सरकारले सङ्घीयतालाई कमजोर र प्रदेशलाई अधिकारविहीन बनाउन खोजेको आरोप लगाए । भाषा, संस्कृति, सभ्यतामाथि प्रहार गरी समावेशितालाई खारेज गर्ने षडयन्त्र भइरहेको उनको भनाइ थियो ।

    सरकार सङ्घीय गणतन्त्र विपरीत क्रियाकलाप सञ्चालन गरी पहिचानलाई गौण पार्ने खेलमा लागि परेको समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले बताए ।

  • कमेन्ट गर्नुहोस्