• झरीमा एभरेष्ट हाइक

    नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराई (बायाँबाट पाँचौ)लगायत उद्घाटनको क्रममा । तस्बिरः विक्रम गुरुङ ।
  •  

    मे २६ । सगरमाथा दिवसको अवसरमा आयोजित ‘एभरेष्ट हाइक’ झरीबीच सम्पन्न भएको छ । सेन्ट्रलस्थित अब्जरभेसन ह्विलबाट शुरु भएको कार्यक्रम उद्घाटनको समय अनुकूल भए पनि भिक्टोरिया पिकस्थित माउण्ट अस्टिन गार्डनमा समापनको समय प्रतिकूल बनेको थियो ।

    मे महिना हङकङमा हाइकका लागि उपयुक्त होइन तर विगत दुई वर्षदेखि सगरमाथा दिवसकै अवसर पारेर नेपाल कन्सुलेट जनरलले गैर-आवासीय नेपाली संघ (एनआरएनए)संग संयुक्त आयोजना गर्ने गरेको छ । पहिलो वर्ष कन्सुलेट जनरलको सहकार्य वि विल राइज फाउण्डेसनसंग रहेको थियो । विगतका दुई वर्ष सहभागीहरु गर्मीले हत्तु भएका थिए भने यस वर्ष झरीले निथुक्क्र ।

    कन्सुल जनरल कमलप्रसाद भट्टराई, एनआरएनकी अध्यक्ष राधिका गुरुङ, भूपू पदाधिकारीलगायत विभिन्न संघसंस्थाका अध्यक्षद्वारा रिबन काटी कार्यक्रमको उद्घाटन गरिएको थियो । उक्त अवसरमा कन्सुल जनरल भट्टराईले सगरमाथा दिवस नेपालको पर्यटन प्रवद्र्धनका लागि गरिने गरिएको बताएका थिए ।


    समापनको क्रममा सहभागीहरुलाई मेडल र १८ वर्ष भन्दा साना र संस्थालाई प्रमाणपत्र प्रदान गरिएको थियो । नेपाली युवाहरु जोइन्ट युनिभर्सिटि नेप्लिज स्टुडेन्ट (जुन्स), द सोसाइटि फर द एड एण्ड रिह्याविलिटेसन अफ ड्रग एब्युजरमार्फत संस्थागत तथा व्यक्तिगत रुपमा सहभागी भएका थिए । हाइकमा नेपाल एयरलायन्सका कन्ट्रि म्यानेजर बृहतमान तुलाधर, भूपू कन्ट्रि म्यानेजर वरुण सिंह रावललगायतको सहभागिता रहेको थियो । सहभागीहरुले भिजिट नेपाल २०२० सम्बन्धी प्लेकार्ड बोकेका थिए ।

    अघिल्ला वर्षहरुमा कुटनीतिक नियोगका व्यक्तित्वलगायतको सहभागिता रहने गरेका भए पनि यस पटक गैर–नेपालीको सहभागिता शून्य रहेको थियो । यस विषयमा अध्यक्ष राधिका गुरुङले गत वर्ष गैर–नेपालीलाई कन्सुलेट जनरलबाटै निमन्त्रणा भएको जानकारी गराइन् ।

    कन्सुल सुजनी रानाले समयाभावको कारण पत्राचार गर्न नसकिएको र हाइकिङको लागिउपयुक्त समय नहुने भएकोले निमन्त्रणा गर्नु असजिलो महशुश भएको बताइन् । उनका अनुसार सहभागिता गराउने जिम्मा एनआरएनएलाई दिइएको थियो ।

    गत वर्ष उद्घाटनको क्रममा एभरेष्ट डेलाई हाइकको रुपमा विश्वभर ब्रान्डिङ गर्न पहल गरिने कन्सुल जनरल कमलप्रसाद भट्टराईले बताएका थिए ।

  • कमेन्ट गर्नुहोस्