आईटीसी क्षेत्रीय सम्मेलन सम्पन्न
एभरेष्टखबर
June 28, 2019
२४ जुन । अन्तर्राष्ट्रिय तामाङ परिषद (आईटीसी)को पूर्वी एशिया क्षेत्रीय सम्मेलन बैंककमा सम्पन्न भएको छ । उक्त सम्मेलनले सात सदस्यीय समन्वय समिति गठन गरेको छ ।
समन्वय समितिको संयोजक अस्मिता वाइबा जापान र सचिव विश्वनाथ घिसिङ हङकङ रहेका छन् । यसैगरी सदस्यहरुमा भ्वाइस लामा थाइल्याण्ड, फुर्वा तामाङ मलेशिया, स्नेहा तामाङ दक्षिण कोरिया, हेमबहादुर तामाङ मकाउ र दिपबहादुर तामाङ रहेका छन् ।
कार्यक्रममा दक्षिण कोरियाका लागि नेपालका पूर्व राजदूत तथा पूर्व सांसद कमानसिंह लामा, अन्तर्राष्ट्रिय तामाङ परिषद्का अध्यक्ष काजिमान तितुङ, वरिष्ठ उपाध्यक्ष टासी लामा, नेपाल तामाङ घेदुङका सङ्घीय अध्यक्ष एवं परिषद्का महासचिव मोहन गोले, घेदुङका सल्लाहकार सुजेन्द्र तामाङ र तामाङ समाज जापानका संस्थापक हवलचन्द्र लामालगायतको सहभागिता रहेको थियो ।
जुन २२–२३ का दिन स्थानीय स्वागत होटलमा सम्पन्न दुई दिने सम्मेलनले पाँच बुँदे घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा नेपालमा ताम्सालिङ प्रदेश निर्माणका लागि भइरहेका आन्दोलनमा ऐक्यवद्धता जनाउँदै सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ ।
तामाङ संघसंस्था क्रियाशील यस क्षेत्रका मुलुकमा सहयोग संकलन गर्न कोष खडा गर्ने, साँस्कृतिक संयन्त्र निर्माण, लुम्बिनीमा निर्माण हुने अन्तर्राष्ट्रिय तामाङ गुम्बाका लागि सहयोग गर्ने र एक संगठन एक लगानी समूह निर्माण गर्ने निर्णय घोषणापत्रमा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्

















