• राधिकाले गरिन् एनआरएनए अध्यक्षको उमेदवारी घोषणा

  •  

    १६ जुलाई । गैर–आवासीय नेपाली संघ हङकङकी बहालवाला अध्यक्ष राधिका गुरुङले दोश्रो कार्यकालका लागि उमेदवारी घोषणा गरेकी छन् । ‘एकता तथा स्थायित्वको लागि निरन्तरता’ नारासहितको घोषणा कार्यक्रम बगैंचा रेष्टुरेण्टमा सम्पन्न भएको यियो ।

    उक्त अवसरमा उनले घोषणापत्र वाचन गर्दै दुई वर्षे पहिलो कार्यकालमा पूरा गर्न नसकिएका काम गर्न उमेदवार बन्न लागेको जानकारी गराएकी थिइन् । छ बुँदे उनको घोषणापत्रमा हङकङमा नेपाली क्लव स्थापनादेखि नेपालमा लगानीसम्म समेटिएका छन् ।

    घोषणापत्रमा हङकङमा नेपालीमाथिको प्रतिबन्धित रोजगार भिसा र गैर–आवासीय नेपाली नागरिकता ऐनका लागि सम्बन्धित निकायसंग पहल गरिने उल्लेख गरिएको छ । त्यसैगरि स्थानीय नेपाली बालबालिका, युवा र महिला केन्द्रित कार्यक्रम र भिजिट नेपाल २०२० सम्बन्धी कार्यक्रम सञ्चालन गरिने पनि घोषणापत्रमा रहेका छन् ।

    उनले दुई वर्षे कार्यकालमा उल्लेखनीय काम भएको समेत दावी गरेकी छन् । घोषणापत्र अनुसार वर्षौदेखि हुन नसकेको संस्थाको विवरण अद्यावधिक र बैंक खाता संचालनमा आएका छन् । त्यसैगरी छैठौं एशिया प्यासफिक क्षेत्रीय सम्मेलनको आयोजना एभरेष्ट डे र भानुजयन्तीको शुरुवात उक्त कार्यकालको उपलब्धी भनी व्याख्या गरिएको छ ।

    २८ जुलाईका दिन हुने सातौं अधिवेशनका लागि बहालवाला उपाध्यक्ष निरञ्जन गुरुङले पनि अनौपचारिक रुपमा उमेदवारी घोषणा गरेका छन् ।

    घोषणापत्र-राधिका गुरुङ

  • कमेन्ट गर्नुहोस्