• मगर दिवस सम्पन्न

    प्रमुखअतिथि मैनबहादुर थापा मन्तव्यको क्रममा । तस्बिरः शिशिर मगर ।
  •  

    मार्च १ । मगर संघको आयोजनामा ३८औं मगर दिवस सम्पन्न भएको छ । मगर भवनमा आयोजित कार्यक्रमका प्रमुखअतिथि संघका पूर्व अध्यक्ष मैनबहादुर थापा रहेका थिए ।

    उपाध्यक्ष अमृता राना मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा प्रमुखअतिथि थापाले मगर संघ नेपाल र हङकङको स्थापनाकालदेखिका अध्यक्षलगायत कार्यकालको बारे संक्षिप्त जानकारी गराएका थिए । उनले हङकङको वर्तमान कार्यसमितिमा रहेका कमिकमजोरी दर्शाउदै केही सुझाव दिएका थिए ।

    अर्का पूर्व अध्यक्ष नेत्र पहराईले मगरजन्य संस्थाहरुको इतिहास केलाउदै वि.सं. २०३८ साल फागुन १५ का दिन मगर संघको स्थापना भइ सम्पूर्ण संस्था एक गरिएकोले उक्त दिन मगर स्थापना तथा एकता दिवसको रुपमा रहेको बताएका थिए ।

    शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राईले मगरातको स्थापना नभएसम्म मगर संघ स्थापना गर्नुको औचित्य पूरा नहुने भएकोले संसारभर रहेका मगर एकजुट भएर अघि बढ्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

    उक्त अवसरमा गैर–आवासीय नेपाली संघका महासचिव गोकर्ण ढकाल, हङकङ नेपाली महासंघका महासचिव नवीन सुहाङ, नेपाल क्लवकी अध्यक्ष रीता गुरुङ, म्याग्दी प्रवासी नेपाली संघ–मोनाका अध्यक्ष कर्ण पुन र संघका सल्लाहकार प्रेम गलामीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

    कार्यक्रम संचालक महासचिव नन्दबहादुर राना मगरले हङकङको व्यस्तता र बाध्यताको कारण ३ दिनपछि कार्यक्रमको आयोजना गरिएको जानकारी गराएका थिए । कार्यक्रम संघकी अध्यक्ष युगमाया राना मगरको अध्यक्षता सम्पन्न भएको थियो ।

     

  • कमेन्ट गर्नुहोस्