• ८० हजारका लागि च्याम्बरको शिविर

  •  

    कोरोनाभाइरस (कोभिड–१९) प्रभावित खुद्रा व्यापारीलाई सरकारी आर्थिक सहायता आवेदन सहयोगका लागि नेपाल च्याम्बर अफ कमर्सले भोलि अप्रिल ५ मा एक दिने शिविर सञ्चालन गर्ने भएको छ ।

    च्याम्बरका उपाध्यक्ष लवकुमार गुरुङका अनुसार हङकङ सरकारले भर्खरै घोषणा गरेको महामारी–विरुद्ध कोष अन्तर्गत खुद्रा पसल आर्थिक सहायता योजनाको बारेमा नेपाली व्यापारीहरुलाई जानकारी गराउँन र आवेदनमा सहयोग पुर्याउनका लागि शिविर सञ्चालन गर्न लागिएको हो ।

    योजना अन्तर्गत प्रत्येक पसलले ८० हजारसम्म राहत प्राप्त गर्न सक्नेछन् । ३८ वटासम्म पसल रहेका कम्पनीले ३० लाखसम्मका लागि आवेदन गर्न सकिने प्रावधान रहेको छ ।

    गैर–आवासीय नेपाली संघको कार्यालय जोर्डनमा सञ्चालन हुने शिविर दिनको २ बजेदेखि राति ८ बजेसम्म रहने छ । आवेदनका लागि पसल दर्ता प्रमाणपत्र (बीआर सर्टिफिकेट), एमपीएफ स्टेटमेन्ट, कोठा भाडाको रसिद, पानी वा बिजुलीको बिल, पसलको नामसहितको फोटो, पसलको नाममा रहेको बैंक खातालगायतका कागजात आवश्यक पर्ने छ ।

    आर्थिक सहायताको लागि आवेदन अर्को आइतबार १२ अप्रिलभित्र भरिसक्नु पर्ने छ । उक्त योजनामा जनवरी १, २०२० भित्र दर्ता भएका खुद्रा पसल सहभागी हुन सक्नेछन् । आवेदनका लागि https://www.retailsubsidy.gov.hk/ 

  • कमेन्ट गर्नुहोस्