• पहिलो चार्टर फ्लाइट १२ मेमा

    छलफलमा सहभागी हङकङका नेपाली ट्राभल एजेन्टहरु । तस्बिर सौजन्यः रत्न काफ्ले ।
  •  

    मे ३ । नेपालको लकडाउनमा परेका हङकङका नेपालीको उद्दारको लागि १२ मेका दिन पहिलो चार्टर फ्लाइट हुने भएको छ । आज सम्पन्न हङकङ नेपाली ट्राभल कम्युनिटिको छलफलले उक्त निर्णय गरेको छ ।

    कम्युनिटिका संयोजक राजेन्द्र श्रेष्ठले उक्त फ्लाइट बुक गर्नका लागि आवश्यकीय तयारी पूरा भएको जानकारी गराएका छन् । उनका अनुसार नेपाली राष्ट्रिय ध्वाजावाहक भएको नाताले नेपाल एयरलायन्सलाई नै कम्युनिटिले प्राथमिकता दिएको छ ।

    हङकङमा रहेका नेपाली ट्राभलका प्रतिनिधिसहितको छलफलले फ्लाइट सम्बन्धी सम्पूर्ण जानकारी चाडै सार्वजनिक गर्ने निर्णय गरेको हिमालय ट्राभलका रत्न काफ्लेले बताए । उनले सकेसम्म सस्तोमा टिकट विक्री गर्ने योजना रहेको सुनाए । कम्युनिटिले पहिलो फ्लाइटसंगै १९ मे र २६ मेको पनि तयारी गरेको छ ।

    अघिल्लो समाचारमा उल्लेखित ‘एनआरएनए र कम्युनिटिको नजानिदो प्रतिस्पर्धाले चार्टर फ्लाइट ढिलो भइरहेको छ । ….’ भन्नेमा आपत्ति जनाउदै संयोजक श्रेष्ठले भने, ‘हामीले प्रतिस्पर्धा गर्न खोजेको होइन, एनआरएनएले हलो अड्काएकोले मेलो अगाडि नसरेको हो ।’
    एनआरएनए हाम्रै संस्था भएको र त्यसका अध्यक्षले नै पुरानै टिकटमा पहल भइरहेको भनिएपछि कम्युनिटिले केही समय पर्खिनु परेकोले ढिलो भएको राजेन्द्र श्रेष्ठको स्पष्टोक्ति रहेको छ ।

    ‘एनआरएनए जस्तो सामाजिक संस्थाले चार्टर फ्लाइटको लागि पहल गरिरहेको थाहा पाउदा हामीलाई अचम्म लाग्यो’, संयोजक श्रेष्ठले भने, ‘सामाजिक संस्थाले व्यापार गर्न खोजेपछि समस्या भएको हो । एनआरएनएका कारण कतिपय यात्रुलाई अप्ठ्यारो परेको छ ।’

    यस विषयमा एनआरएनएकी अध्यक्ष राधिका गुरुङले ट्राभल एजेन्सीको मनोमानी गर्ने मनशाय बुझेर नै सकेसम्म सहुलियत गराउनेमा आफू लागेको बताएकी छन् । उनले भनिन्, ‘व्यापारीले नाफाकै लागि काम गर्ने हो तर चार्टर फ्लाइटको टिकटको दाम अत्याधिक रहेको बजारमा सुनिएको छ ।’

    लकडाउनमा परेकी पवित्रा राईले चार्टर फ्लाइटका लागि सोधिखोजि गर्ने क्रममा स्याङजाली कान्छाले वन वेको सात हजार डलर भन्दा बढी लाग्ने अनुमान सुनाएको बताइन् ।

     

  • कमेन्ट गर्नुहोस्