• हिमालय नआउने भो ! आरए अर्को दिन

  •  

    मे २२ । नेपालको लकडाउनमा परेका हङकङका नेपालीलाई चार्टर फ्लाइटमार्फत ल्याउने प्रतिस्पर्धामा रहेका दुईमध्ये हिमालय एयरलायन्सको समूह रिङबाट आउट भएको छ ।

    सिभिल एभियसन डिपार्टमेन्ट (सीएडी) हङकङले रातो बत्ति बालिदिएपछि हिमालयको प्रति टिकट नेपाली रुपैयाँ ६३ हजार बैंकमा जम्मा गर्न लगाउने काठमाडौंस्थित हार्वेस्ट मुन ट्राभलले तीन दिनभित्र रकम फिर्ता लिन प्रत्येकलाई म्यासेज गरेको छ ।

    नेपाल एयरलायन्स (आरए)को लागि हङकङतर्फको काम सम्पूर्ण पूरा भएर पनि २४ मेको फ्लाइट हुने अनिश्चित छ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले २५ मे बिहान ३:१५ बजे आइपुग्ने सूचना सार्वजनिक गरे पनि आज टिकट जारी नभएपछि आइतबारको फ्लाइट हुन संभावना कम रहेको छ ।

    नेपाली ट्राभल कम्युनिटि हङकङले यताको तयारी पूरा भए पनि नेपालतर्फबाट तदारुकताकासाथ काम नभएपछि फ्लाइट हुन समस्या भएको बताएको छ । अन्तिम समयसम्म कोसिस गर्ने र संभव नभए अर्को दिनको लागि प्रक्रिया अगाडि बढाउने कम्युनिटिले जनाएको छ ।

    शनिबार बिदाको दिन सरकारी कार्यालय नखुल्ने भएपछि बाहिर रहेकाहरुलाई काठमाडौं आउन समस्या हुने छ । लकडाउनको कारण सार्वजनिक यातायात बन्द छ भने सवारी पासको लागि टिकट अनिवार्य रहेको छ ।

     

  • कमेन्ट गर्नुहोस्