• केएमई रेमिटेन्स : हुण्डी भन्दा उच्च दर

    प्रमुखअतिथि कमलप्रसाद भट्टराई उद्घाटनको क्रममा । तस्बिर: विक्रम गुरुङ ।
  •  

    मे २५ । केएमई (काठमाडौं मनि एक्सप्रेस) फाइनान्सले रेमिटेन्स सेवा पनि शुरु गरेको छ । नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराईले आज उक्त सेवाको उद्घाटन गरेका छन् ।

    केएमई कार्यालयमा आयोजित उद्घाटन कार्यक्रममा कन्सुल जनरल भट्टराईले हङकङमा आर्जन गरेको रकम नेपाल भित्राउन र आवश्यक परेको बेला नेपालको रकम हङकङ ल्याउन वैधानिक माध्यम केएमई बनोस् भन्ने शुभकाना व्यक्त गरेका थिए ।

    उक्त अवसरमा केएमईका निर्देशक गोकर्णप्रसाद ढकालले नेपालका लागि सिटिएक्सप्रेस र अन्य देशका लागि वेस्टर्न युनियनसंगको सहकार्यमा काम गर्ने जानकारी गराएका थिए । उनले केएमईको विशेषता बताउने क्रममा बैंक ट्रान्सफर, वालेट पेमेन्ट र मोवाइल पेमेन्टजस्ता सुविधा रहने बताउदै सर्भिस चार्ज नलिने बताएका थिए ।

    “परम्परागत बजार भन्दा उच्च दर दिन हामी प्रतिबद्ध छौं”, उनले हुण्डीतर्फ संकेत गर्दै भने, “परम्परागत बजारको आजको दर हङकङ डलर १ बराबर १५ रुपैयाँ २० पैसा छ तर हामी १५ रुपैयाँ ५१ पैसा दिदैछौं ।” कोभिड–१९ का कारण अहिले हुण्डी व्यापार खस्किएको छ ।

    उद्घाटन कार्यक्रममा केएमईका निर्देशक तथा लगानीकर्ताहरु अतिथिकासाथ । तस्बिर: विक्रम गुरुङ ।

    सोही अवसरमा अर्का निर्देशक कृष्णप्रसाद पाण्डेले हङकङबाट नेपालमा हुने रेमिटेन्सलाई विशेष केन्द्रमा राखेर केएमई अगाडि बढ्ने योजना रहेको बताएका थिए । सोही अवसरमा उनले हङकङका नेपालीलाई वैधानिक तरिकाले रेमिट्यान्स गर्न आह्वान समेत गरेका थिए ।

    उद्घाटन कार्यक्रममा नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष डासु राम पराजुलीले शुभकामना व्यक्त गरेका थिए । कार्यकारी निर्देशक टीकामाया श्रेष्ठलगायत अन्य लगानीकर्तासमेतको उपस्थिति रहेको कार्यक्रममा प्रमुखअतिथि कमलप्रसाद भट्टराईलाई मायाको चिनो प्रदान गरिएको थियो ।

  • कमेन्ट गर्नुहोस्