• नेपालबाट आएका सबै क्वारेन्टिन क्याम्पमा

    सातिनस्थित चुन येउङ स्टेटमा रहेको क्वारेन्टिन क्याम्प ।
  •  

    जुन २ । नेपालको लकडाउनमा परेका हङकङका नेपालीमध्ये ५ सय ८७ जना चार्टर फ्लाइटमार्फत आज बिहान आइपुगेका छन् । सातिनस्थित चुन येउङ स्टेटमा १४ दिन क्वारेन्टिनमा राखिएका उनीहरुमध्ये ५ जना शिशु रहेका छन् ।

    काठमाडौंस्थित हार्भेस्ट मुन ट्राभलको पहिलो फ्लाइट बिहान ३:३९ बजे ल्याण्ड गरेको थियो । हङकङ नेपाली ट्राभल एजेण्ट कम्युनिटिकोतर्फबाट सनराइज ट्राभलको नाममा गरिएको फ्लाइट ५:०२ र हार्भेस्टकै दोश्रो फ्लाइट ५:०३ बजे ल्याण्ड गरेको थियो ।

    क्वारेन्टिन स्थल लान अघि सबैको स्वाव परीक्षण गरिएको थियो । हङकङ एयरपोर्ट नजिकै रहेको एशिया वर्ल्ड एक्स्पो सेन्टरमा गरिएको परीक्षणको प्रारम्भिक नतिजा नेगेटिभ रहेको थाहा हुन आएको छ ।

    एशिया वर्ल्ड एक्स्पो सेन्टरमा  परीक्षणका लागि यात्रुहरुबाट स्वाव संकलन ।

    क्वारेन्टिन स्थलबाट फेसबुक स्टाटस अपडेट गरेकाहरुले सकरात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । उनीहरुका अनुसार कोठामा वाईफाइ, टीभी, पानी तताउने इलेक्ट्रिक कित्ली, हेयर ड्रायर, टुथपेस्ट–ब्रसलगायतका सामग्री उपलब्ध गराइएको छ ।

    बिहान ९ बजे ब्रेकफास्ट, १ बजे लञ्च र बेलुका ७ बजे डिनर दिइने व्यवस्था गरिएकोमा खानाको परिकारमा लोकल मिल, हिन्दू (मिट) मिल र हिन्दू (भेजिटेरियन) मिल राखिएको छ ।

    पहिलो पटकको उडानबाट आएकाहरुमा गैर–आवासीय नेपाली संघकी अध्यक्ष राधिका गुरुङ, महिला संयोजक अनु राई, हङकङ नेपाली महासंघका अध्यक्ष टंक रानालगायत रहेका छन् ।

    नेपाल एयरलायन्सका क्षेत्रीय प्रबन्धक नवराज उपाध्यायका अनुसार जुन ५ र ६ तारिकका लागि चार्टर फ्लाइटको तयारी भइरहेको छ । सेड्युल फ्लाइट भन्दा भाडा अत्याधिक महंगो भएपछि नेपाल एयरलायन्स र ट्राभल एजेन्टहरुको चर्को आलोचना भइरहेको छ ।

  • कमेन्ट गर्नुहोस्