• कन्सुल जनरल भट्टराई नेपाल फर्किए

    कन्सुल जनरल कमलप्रसाद भट्टराई (फूलसहित) अन्य कर्मचारीबाट बिदाई लिदै नेपाली कन्सुलेट जनरलमा ।
  •  

    जुन २ । नेपाली कन्सुल जनरल कमलप्रसाद भट्टराई कार्यकार पूरा गरी नेपाल फर्किएका छन् । उनलाई कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङ र डाइरेक्टर अफ प्रोटोकल जोयस लीले हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए ।

    उनी परिवारसहित नेपालबाट लकडाउनमा परेका हङकङका नेपालीलाई लिएर आएको चार्टर फ्लाइटमार्फत फर्किएका हुन् । चार वर्षे कार्यकाल सकेर आएका उनी परराष्ट्र मन्त्रालयमा हाजिर हुनेछन् ।

    *मे १८ (जेठ ५)का दिन कार्यकाल सकिएका भट्टराईले आफ्नै कार्यकक्षमा प्रतिनिधिमूलक तथा नेपालका राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका भातृसंस्थाका प्रतिनिधिहरुसंग विदाई भेटघाट गरेका थिए ।

    भेटघाट गर्ने संस्थाहरुमा गैर–आवासीय नेपाली संघ, हङकङ नेपाली महासंघ, नेपाल च्याम्बर अफ कमर्स, प्रवासी नेपाली एकता मञ्च, नेपाली जनसम्पर्क समिति, नेपाली समाजलगायत रहेका थिए ।

    स्मरणरहोस् विगत १२ वर्षदेखि नेपाल आदिवासी जनजाति महासंघले जनजाति मूलको नेपाली महावाणिज्यदूतको माग गर्दै आन्दोलनमा रहेको छ ।

     

    *सच्चाइएको ।

  • कमेन्ट गर्नुहोस्