• निर्माणाधिन रनवे दुर्घटनामा नेपालीको मृत्यु

    दुर्घटनापछि घाइतेकाे उद्दार गरिदै । तस्बिर: ह्याण्डआउट ।
  •  

    जुन ३० । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणाधिन तेश्रो रनवेमा भएको दुर्घटनामा परी ३७ वर्षीय शरण गुरुङको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार ल्याण्ड डीसीएम (डिप सेमेन्ट मिक्सिङ) मेशिनको फलामे डोरी चुडिएर मृतकको टाउकोमा लागेपछि उनी सख्त घाइते भएका थिए ।

    निर्माणाधिन तेश्रो रनवेमा कार्यरत ल्याण्ड डीसीएम (डिप सेमेन्ट मिक्सिङ) मेशिन । तस्बिर: ह्याण्डआउट ।

    लगभग दुई बजेतिर समुद्रबीचमा दुर्घटना भएपछि उनलाई बोटबाट उद्दार गरिएको थियो । एम्बुलेन्सबाट नजिकै रहेको नर्थ लान्ताउ अस्पताल पुर्याइए पनि उनलाई चिकित्सकहरुले मृत घोषणा गरेको थियो ।

    पारिवारिक श्रोतका अनुसार पुख्र्यौली *गोरखा रहेका गुरुङ चितवनबासी हुन् । युनलङ बसोबास गर्ने उनको श्रीमती र एक बच्चा रहेको छ । उनी चाइना हार्बर र पेनस्टोन कम्पनी अन्तर्गत दोङ आ सब–कम्पनीका लागि कोने इन्जिनियरिङ एण्ड कन्सट्रक्सनका कामदार रहेका थिए ।

    मृतकका आफन्तजन नर्थ लान्ताउ अस्पताल परिसरमा । तस्बिर: अनडटसीसी ।

    *सच्चाइएको ।

  • कमेन्ट गर्नुहोस्