• अश्लिल भिडियो शेयर गर्ने नेपाली मकाउमा पक्राउ

    नेपाली सेक्युरिटि गार्डहरु पक्राउ पर्ने क्रममा । श्रोत: टीडीएम ।
  •  

    अगष्ट २५ । नाबालिग अश्लिल भिडियो मोबाइलमार्फत शेयर गरेको आरोपमा ११ नेपाली सेक्युरिटि गार्ड मकाउमा पक्राउ परेका छन् । टेलिभिजन डि मकाउ (टीडीएम)का अनुसार ७ जनाले अपराध स्वीकार गरेका छन् ।

    पक्राउ परेकाहरुले उक्त भिडियो गृहनगर (नेपाल?)बाट प्राप्त गरेको र अरुलाई मोवाइलमार्फत शेयर गरेको बताएका छन् । उनीहरुले उक्त कार्य नाफा आर्जन गर्नका लागि गरेको आरोप भने अस्वीकार गरेका छन् । प्रहरीले यस विषयमा निरन्तर अनुसन्धान गरिरहेको छ ।

    इन्टरपोलले यस महिनाको शुरुमा उक्त भिडियो मोवाइल मार्फत फैलाउने काम भइरहेको जानकारी गराएको थियो । नाबालिकासंग एक व्यक्तिले यौन सम्पर्क गरेको २ मिनेट २९ सेकेण्डको उक्त भिडियो जुन महिनामा सार्वजनिक भएको थियो ।

    मकाउ बाहिर खिचिएको उक्त भिडियो शेयर गर्ने नेपालीहरु चारवटा कम्पनीमा कार्यरत २१ देखि ३६ वर्षका रहेका छन् । नाबालिग अश्लिल भिडियो डाउनलोड र शेयर गर्न अपराध मानिन्छ ।

  • कमेन्ट गर्नुहोस्