• नेपाली वैचारिक महासंघ गठन

    नेपाली वैचारिक महासंघ हङकङको प्रथम बैठक । तस्बिर: एभरेष्टखबर ।
  •  

    सेप्टेम्बर २६ । नेपालका राष्ट्रिय मान्यता प्राप्त राजनैतिक पार्टी निकट संघ–संस्थाहरुले नेपाली वैचारिक महासंघ हङकङ गठन गरेका छन् । उक्त महासंघका सदस्यमा तीन संस्था रहेका छन् ।

    सबै भन्दा ठूलो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मञ्च संयोजक रहेको महासंघमा नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति सहसंयोजक र जनता समाजवादी पार्टी निकट नेपाली समाज सचिव रहेको छ ।

    उक्त संस्थाबाट मुख्य पदमा क्रमशः अध्यक्ष जसबहादुर ओख्राबो, सभापति मीनबहादुर गुरुङ र सल्लाहकार किसन राईले प्रतिनिधित्व गर्ने छन् । अन्य सदस्यहरुमा विपिन राई, रविन लिङदेन, बसन्त श्रीनेट, शैलेन्द्र बोगटी, इन्द्र वनेम र मनोज गौतम रहेका छन् ।

    संयोजक ओख्राबोका अनुसार स्थानीय नेपाली समुदायमा विभिन्न प्रकृतिका र प्रतिनिधिमूलक संघ–संस्थाहरु रहे पनि कतिपय विषयमा तिनका पहुँच नपुगेको र मार्गनिर्देश गर्न नसकेको अनुभवले मार्गनिर्देशक संयन्त्रको आवश्यकता खट्किएको सन्दर्भमा वैचारिक महासंघ गठन गरिएको हो ।

    नेपालको सङ्घीय निर्वाचनको नतिजा अनुरुप तय हुने राजनैतिक शक्ति अनुसार वैचारिक महासंघको सदस्य, नेतृत्व र वरियता परिवर्तन हुने सहमति भएको सचिव किसन राईले जानकारी गराएका छन् । उनका अनुसार पहिलो बैठकले संयन्त्र परिचालनका लागि एक आचार संहिता तयार गर्ने निर्णय गरेको छ ।

  • कमेन्ट गर्नुहोस्