• नेपाल एयरलायन्सलाई १४ दिने प्रतिबन्ध

    फायल तस्बिर ।
  •  

    ६ अक्टुबर । नेपाल एयरलायन्सलाई हङकङमा दुई साता प्रतिबन्ध लगाइएको छ । क्षेत्रीय प्रबन्धक नवराज उपाध्यायका अनुसार कोरोनाभाइरस (कोभिड-१९) सम्बन्धी मापदण्डमा कमजोरी देखिएपछि सिभिल एभियसनले उक्त प्रतिबन्ध लगाएको हो ।

    कोभिड-१९ नियन्त्रण तथा रोकथाम सम्बन्धमा हङकङले तय गरेको उडान सम्बन्धी मापदण्ड अनुसार कुनै पनि उडानमा ५ वा सो भन्दा बढी यात्रुमा संक्रमण देखिए १४ दिने प्रतिबन्ध लगाइने प्रावधान रहेको छ ।

    प्रतिबन्धसंगै आज बिहान र १० अक्टुबरका दिन हुने उडान स्थगित भएका छन् । प्रबन्धक उपाध्यायका अनुसार अब नेपाल एयरलायन्सको पहिलो उडान १९ अक्टुरका दिन हुने तय भएको छ ।

    गत शनिबार ३ अक्टुबरका दिनको उडान नं. आरए ४०९९ मा ६ जना संक्रमित भेटिएपछि उक्त प्रतिबन्ध लगाइएको हो । त्यो भन्दा अघि दुई पटक गरेर आरएका ४ जना यात्रुमा संक्रमण भेटिएको थियो । पहिलो पटक १३ अक्टुबरका दिन एक जनालाई संक्रमण देखिएपछि उनीसंगै एकै सिटमा बसेका दुईजनालाई पनि आइसोलसनमा राखिएको थियो ।

    १४ दिने होटल क्वारेन्टिन बसेर निस्किएको एक महिलामा ४ दिनपछि संक्रमण देखिएपछि उनलाई छोरासंगै आइसेलेसनमा राखिएको छ । उनका छोरासंगै काम गर्ने नेपाल आदिवासी जनजाति महासंघका महासचिव कृष्णराज लाओतीले परीक्षणमा आपूmलाई नेगेटिभ रहेको फेसबुक स्टाटस अपडेट गरेका छन् ।

  • कमेन्ट गर्नुहोस्