• निगम र कन्सुलेटसंग वैचारिक महासंघको छलफल

    कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङसंग महासंघ प्रतिनिधि मण्डल । तस्बिरः एभरेष्टखबर ।
  •  

    नेपाली वैचारिक महासंघ हङकङले स्थानीय नेपालीका समस्या लिएर नेपाल वायुसेवा निगम र कन्सुलेट जनरलसंग भेटघाट तथा छलफल गरेको छ ।

    निगमका क्षेत्रीय प्रबन्धक नवराज उपाध्यायसंगको भेटमा महासंघले महामारी कोभिड-१९का कारण काठमाडौं-हङकङ-काठमाडौंको अवरुद्ध नियमित उडानलाई व्यवस्थित बनाउँन, हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको निगमको चेकइन काउण्टरमा भइरहेको अनियमितता र अनाधिकृत कार्य रोक्न ध्यानाकर्षण गराइएको छ ।

    त्यसै गरी कार्यवाहक कन्सुल जनरल किरणकुमार गुरुङसमक्ष हङकङमा रोजगार, अध्ययन र ट्रान्जिट भिसाको लागि पहल गर्न, डिपेन्डेन्टहरुका बालबच्चालाई राहदानी वा ट्राभल डकुमेन्टका लागि सरलिकरण र नेपाल वायुसेवा निगमको समस्याका विषयमा सहजिकरण गर्न अनुरोध गरिएको छ ।

    दुवै निकायका प्रमुखले प्रस्तुत गरिएका समस्या समाधानका लागि पहल गर्ने र समुदायसंग सहकार्य गर्ने प्रतिबद्धता जाहेर गरेको महासंघका संयोजक जसबहादुर ओख्राबोले बताएका छन् ।

    महासंघको प्रतिनिधि मण्डलमा संयोजकसंगै सचिव किसन राई, सदस्य बसन्त श्रीनेट, विपिन राई, इन्द्र वनेम, मनोज गौतम र भूपेन्द्र चेमजोङको सहभागिता रहेको थियो ।

    नेपाल वायुसेवा निगमका क्षेत्रीय प्रबन्धक नवराज उपाध्यायसंग महासंघ प्रतिनिधि मण्डल । तस्बिरः एभरेष्टखबर ।

  • कमेन्ट गर्नुहोस्