• कृष्णभक्त राईको नयाँ गीत ‘काँडा जति आफूलाई…’

  •  

    २० मङ्सिर, काठमाडौं । गायक तथा सङ्गीतकार कृष्णभक्त राई नयाँ गीत लिएर स्रोतामाझ आएका छन् । गीतकार डा. दुबसु क्षेत्रीको रचना रहेको ‘काँडा जति आफूलाई फूल अरु कसैको, दोष सधैं आफूलाई भूल अरु कसैको’ बोलको गीत लिएर गायक राई स्रोतामाझ आएका हुन् । उक्त गीतमा राई स्वयंको सङ्गीत तथा स्वर रहेको छ । गीतको भिडियो गायक राईको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
    डा. दुबसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठानका लागि श्रीमती पुनम सुवेदी क्षेत्रीद्वारा प्रस्तुत म्युजिक भिडियोको छायाङ्कन, निर्देशन र सम्पादन गायक तथा सङ्गीतकार राईका जेठा छोरा अकिल राईको रहेको छ भने कान्छा छोरा मनसुन राईले स्वस्तिका लिम्बूका साथ मोडलिङ गरेका छन् । भिडियोमा युवा उमेरमा हुने माया प्रेमको उतार चढावको कथा बुनिएको छ । गीत स्टुडियो किङमा रेकर्डिङ गरिएको हो ।

    https://www.youtube.com/watch?v=QfNbsxJUIlg

  • कमेन्ट गर्नुहोस्