• केएमईको पहिलो वर्षमै लाभांश

    लगानीकर्तालाई लाभांश वितरण गर्दै केएमई अध्यक्ष राधिका गुरुङ । तस्बिर सौजन्यः केएमई ।
  •  

    डिसेम्बर २३ । काठमाण्डौ मनी एक्सप्रेस (केएमई) फाइनान्सले पहिलो वर्ष नै ६ प्रतिशत लाभांश वितरण गरेको छ । आर्थिक वर्ष २०१९/२० को लाभांश कोरोनाभाइरस (कोभिड–१९) का कारण ढिलो गरी हिजो वितरण गरिएको हो ।

    कम्पनी अध्यक्ष राधिका गुरुङका अनुसार कोभिड–१९ नियन्त्रण गर्न लागू गरिएको सामाजिक दूरी सम्बन्धी नियमका कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नमिलेपछि लगानीकर्ताहरुलाई व्यक्तिगत रुपमा लाभांश वितरण गरिएको हो ।

    सन् २०१९ को मेदेखि शुरु भएको केएमईले एक वर्षपछि रेमिटेन्स सेवा पनि शुरु गरेको छ ।

  • कमेन्ट गर्नुहोस्