• एयरहोस्टेज छाेडेर व्यवसायमा

    कोमल तामाङ । तस्वीर: जगत अम्बु गुरूङ
  •  

    कोमल तामाङ खासमा इन्टरनेशनल एयरहोस्टेज हुन् । दुबईको इतियाद एयरलायन्समा र नेपालको यती एयरलायन्समा एयर होस्टेज गरेकी उनी अहिले हङकङमा व्यवसाय सञ्चालन गरिरहेकी छिन् ।

    आकाशमा उड्ने काम भए पनि उनको रुची भने पहिल्यैदेखि फरक थियो । भन्छिन्, “दुबईमा हुँदा टाइम धेरै हुन्थ्यो । मलाई चाहिं नयाँ कुरा सिक्न मन लाग्ने । आफ्नो कामबाट रिटायर्ड भएपछि नेपालमा पसल खोल्छु भन्ने सपना थियो तर त्यो सपना पूरा भएन ।”

    कोमलले हङकङमा प्रेम विवाह गरिन् र एयरहोस्टेज छोडेर आइन् । त्यसपछि आफ्नो पुरानो सपनालाई साकार पार्न यहीं पसल शुरू गरिन् ।

    हङकङको काउलन, जोर्डनस्थित डे मार्केटसँगै रहेको बोअरिङ कमर्शियल बिल्डिङ नेपालीहरूमाझ मिनी चुङकिङको नामले परिचत छ । वुसुङ सिट्रिटमा रहेको यो बिल्डिङको भुइँ तला र पहिलो तलामा एक दर्जनभन्दा बढी नेपाली पसलहरूसँगै छ कोमलको ब्युटीपार्लर । महिलाहरूका लागि ‘इन्सान्टर ब्युटी’ नामको पसल उनले सञ्चालन गरिरहेकी छिन् । गत अक्टोबरदेखि शुरू भएको उनको पसल राम्रै चलिरहेको छ ।


    कोमलले हङकङकै ड्रागन एयरमा पनि काम गर्न खोजेकी थिइन् तर यहाँको भाषा आउनुपर्ने भएपछि मन मर्‍यो। त्यसपछि बच्चा भयो। र, अहिले व्यापारमा हात हालिन्।


    एयर होस्टेज जस्तो राम्रो कमाई र आनन्दको काम छोडेर एक्कासी हङकङ आउँदा कोमललाई शुरूमा दुःख पनि लाग्यो रे ! उनले हङकङकै ड्रागन एयरमा पनि काम गर्न खोजेकी थिइन् तर यहाँको भाषा आउनुपर्ने भएपछि उनको मन मर्‍यो । त्यसपछि बच्चा भयो । उनी झनै झट्ट काम गर्न नसक्ने अवस्थामा पुगिन् । र, अहिले व्यापारमा हात हालिन् । भन्छिन्, “आफ्नै काम गरेर परिवारलाई समय दिन पाइरहेको छु । व्यापारबाट सन्तुष्टी नै छ ।”

    भारतको बैंङ्गलोरमा पढेकी कोमलले उतै ब्युटीसम्बन्धी सीप सिकिन् । दिल्लीमा पनि ब्युटिसियन कोर्ष गरिन्, हेना सिकिन् । दुबई पुगेपछि उनले छुट्टीका बेला नेल, स्पा, मेनिक्योर पेडिक्योर सिक्ने अवसर पाइन् । त्यहीं सिकेको सीपले अहिले हङकङमा व्यवसाय गर्न सहज भएको छ ।

  • कमेन्ट गर्नुहोस्