• हङकङमा नेपाली टोपी दिवश (फोटो फिचर सहित)

  •  

    कोभिड १९ को असरकाबीच हङकङका नेपालीले विगतका वर्षमा जस्तै टोपी दिवशलाई निरन्तरता दिएका छन् । पर्यटकीय केन्द्र स्टार फेरीमा सामाजीक दुरी र मास्कको नियम पालना गर्दै सिमित व्यक्तिको उपस्थितिमा मनाईएको थियो ।

    गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व एशिया सह(संयोजक कृष्ण पाण्डेको संयोजनमा हङकङमा विगत ३ वर्षदेखि टोपी दिवश मनाईदै आएको छ । यसपटक कोभिड-१९ का कारण जमघट हुन नसके पनि सिमित व्यक्तिहरु भेला भएर साँकेतिक रुपमा मनाएको आयोजक मध्येका नेपाली समाज हङकङका अध्यक्ष इन्द्र वनेमले बताए । नेपाल चेम्बर अफ कमर्सका हङकङका उपाध्यक्ष लब कुमार गुरुङ प्रवासको ठाउँमा आफ्नो राष्ट्रिय पहिरन र टोपी लगाउँदा गर्वसँगै मातृभूमीको प्रचार गर्न पाएको बताउँछन ।

    एनआरएनए हङकङका महासचिव गोकणर् ढकाल प्रवासमा आएदेखि नै आफूले नेपाली पहिचानका रुपमा टोपी र दौरा सुरुवाल लगाउँदै आएको बताए । टोपी दिवशका संयोजक पाण्डे हिमाल नै हिमालको देश नेपालको पहिचानलाई शिरमा हिमालजस्तै रहने टोपीले विश्वब्यापी पहिचान दिएको बताउँछन् । प्रवासी नेपालीहरुले पहिचानका लागि टोपी दिवशलाई आत्त्मासात् गर्दैआएको उनले बताए । नेपाली जनसम्पर्क समितिका पूर्व सभापति बसन्त श्रीनेट टोपीको महत्व देशमा भन्दा विदेशमा बढी हुने गरेको अनुभव सुनाउँदै टोपी दिवशले यसको गरिमा अझ उँचो राख्ने बताउँछन् ।

    स्टार फेरीमा नेपाली टोपी दिवश मनाउने क्रममा आयोजकहरु गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङका महासचिव गोकर्ण ढकाल, नेपाली समाज हङकङका अध्यक्ष इन्द्र वनेम, नेपाली जनसम्पर्क समितिका पूर्व सभापति बसन्त श्रीनेट, एनआरएनएका पूर्व  एशिया क्षेत्रिय सहसंयोजक कृष्ण पाण्डे, नेपाल चेम्बर अफ कमर्सका हङकङका उपाध्यक्ष लब कुमार गुरुङका साथमा एभरेष्टका कार्यकारी सम्पादक डम्बरकृष्ण श्रेष्ठ र तस्बीर सम्पादक जगतअम्बु गुरुङ ।

    कोभिड-१९ को असर: मास्कमाथि टोपी ।

    हङकङका नेपालीले विगतका वर्षमा जस्तै टोपी दिवशलाई निरन्तरता दिएकाछन् । 

    गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व एशिया सह-संयोजक कृष्ण पाण्डे र परिवारका साथ एनआरएनए हङकङका महासचिव गोकर्ण ढकाल ।

    नेपाली लाइफ युट्युब च्यानल र एभरेष्टखबरका लागि डम्बरकृष्ण श्रेष्ठसँग कुरा गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्व एशिया सह-संयोजक तथा टोपी दिवशका संयोजक कृष्ण पाण्डे । सम्पूर्ण तस्बीर: जगत गुरुङ

  • कमेन्ट गर्नुहोस्