• संवैधानिक ‘कु’ गरेको भन्दै ओलीको कदमको बिरोध

    नेपाली समाज हङकङको आयोजनामा आईतबार सम्पन्न बिरोध कार्यक्रम । तस्बीर: जगत गुरुङ
  •  

    नेपालको प्रतिनिधि सभा विघटन विरुद्ध नेपाली समाज हङकङको आयोजनामा आईतबार बिरोध कार्यक्रम सम्पन्न भएको छ ।

    किरात याक्थुङ चुम्लुङ हिम जोर्डनमा आयोजित कार्यक्रमका वक्ताहरूले प्रतिनिधि सभा विघटन गरिएको पुस ५ लाई कालो दिन भएको बताए । तानाशाही शैलीमा गरिएको प्रतिगमनले देशलाई नै अन्यौलतातिर धकेलेको बताए । नेपाललाई सधै अस्थिरताको भुमरीमा अल्झाईरहने भारतीय रणनीति अनुसार नेपालमा ५ वर्षलाई जनताको म्याण्डेट पाएको राजनैतिक दलमा समेत फुट आएको ठहर वक्ताहरूले गरेका थिए ।

    नेपाल आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष किसन राईले मिलेर सरकार बनाउँने र अन्य विकल्प हुदाहुदै प्रतिनिधी सभा नै विघटन गर्नु अप्रजान्त्रातिक काम भएको बताए । प्रधानमन्त्री केपी ओलीको कदमले नेपाली जनताले लामो समयको संघर्षपछि पाएको उपलब्धी नै संकटमा परेको बताए । प्रधानमन्त्री केपी ओलीको बहुलठ्ठी र एकलकाँटे प्रवृतीले देशलाई अस्थिरता तर्फ धकेलेको जन सम्पर्क समीती हङकङका अध्यक्ष मीनबहादुर गुरूङले बताए ।

    संवैधानिक ‘कु’ गर्ने ओली राष्ट्रवादी नभई संघियता विरोधी, गणतन्त्र विरोधी भएको उल्लेख गर्दै जनता समाजवादी पार्टि प्रवाश विशेष प्रदेश कार्यकारिणी समिति सचिव मनोज गौतमले यो गल्ती नसच्याई निर्वाचनमा गए फेरी–फेरी पनि प्रधानमन्त्रीले संसद विघटन गर्नसक्ने नजिर बस्ने भएकाले सबैले गम्भीरता पुर्वक लिनु पर्ने बताए ।

    नेपाली समाजका हङकङका अध्यक्ष ईन्द्र वनेमले नयाँ पुस्तालाई राजनीतिवाट विमुख गरेर खराब नियतकाहरूले देशलाई स्वार्थपुरा गर्नेथलो बनाईरहेको बताए । त्यसैले विदेशमा रहेपनि देश र राजनीतिबारे सबैले चासो राख्दै आफ्ना कुरा राख्न कार्यक्रमको आयोजना गरिएको बताए ।

    कार्यक्रममा नेपाली समाज हङकङका सदस्य शरण सुब्बा, प्रवासी एकता मंच हङकङका प्रतिनिधी आशीष सुवेदी र नेपाली समाज हङकङका युवा संयोजक टोपराज तामाङले प्रतिगमनको विरूद्धमा बोलेका थिए ।

  • कमेन्ट गर्नुहोस्