• एससीएमपीको स्क्रिनसट नेपाली समुदायमा भाइरल

    एससीएपपीको स्क्रिनसट जुन नेपाली समुदायमा भाइरल भएको छ ।
  •  

    जनवरी २४ । स्थानीय अङ्ग्रेजी दैनिक साउथ चाइना मर्निङ पोस्ट (एससीएमपी)को अनलाइन संस्करणको एउटा  स्क्रिनसट अहिले नेपाली समुदायमा भाइरल भएको छ ।

    *जोर्डनमा गरिएको लकडाउन सम्बन्धी समाचारको कमेन्ट्स प्रतिक्रियामा नेपाली समुदायप्रति घृणा र विद्वेष फैलाउने नकरात्मक टिप्पणी गरिएको छ ।

    त्यहाँ ‘मुख्य विषय जोर्डनदेखि सामसुइपोमा रहेको नेपाली जनसंख्या हो, अधिकांश नेपाली मादक पदार्थ दूव्र्यसनी छन्, ९९.९९ प्रतिशतले दैनिक मादक पदार्थ सेवन गर्छन्, उनीहरु हरेक कुरा बाँडचुड गर्छन्, भूईँमा सुत्छन् किन कि उनीहरु प्राय नेपालका हिमाली गाउँबाट आएका हुन्, जहाँ आधुनिक फर्निचर पाइदैन, सानो अपार्टमेन्टमा समूहमा बस्छन्, सामान्यतय उनीहरु सुँगुर जस्तै बस्छन् र बच्चा जन्माउछन् ।’ लेखिएको छ ।

    हिजोदेखि भाइबर, ह्वाट्सएप, म्यासेन्जरलगायतमा भाइरल भएको उक्त सामग्री फेसबुकमा पोस्ट गर्दै सम्बन्धित निकायलाई स्पष्ट पार्नसमेत अनुरोध गरिएको छ । ती सामग्री हङकङ बाहिरसमेत पुगेपछि पहिले यहाँ बसेर गएकाहरुलेसमेत ‘के हो ?’ भन्दै वास्तविकता बुझ्नका लागि एभरेष्टखबरमा समेत फोन गरेका छन् ।

    बेलायत बसाइँ सरेका हङकङ नेपाली महासंघका भूपू अध्यक्ष गणेश इजम, गैर-आवासीय नेपाली संघ हङकङकी अध्यक्ष राधिका गुरुङलगायतले एभरेष्टखबरसंग जिज्ञासा राखेपछि ‘फ्याक्ट फाइन्ड’ गर्ने क्रममा उक्त स्क्रिटसट जनवरी २२, २०२१ का बिहान १०:०१ बजे पोस्ट गरिएको सामग्रीमा कमेन्ट गरेको पाइएको छ ।

    सेइमेन सीको नाममा गरिएको कमेन्ट भाषागत हिसाबले पनि कमसल रहेको छ ।

     

    समुदायमा विद्वेष फैलाउने र सामाजिक सद्भाव भड्काउने गरी यो धृष्टता कसले र किन गर्‍यो ?

    यस विषय साउथ चाइना मर्निङ पोस्टलाई आधिकारिक रुपमा जानकारीसमेत गराइएको छ ।

    *सच्चाइएको ।

     

     

     

     

     

  • कमेन्ट गर्नुहोस्