• राष्ट्रव्यापी कविता तथा निबन्ध प्रतियोगिता गरिने

  •  

    काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको संयोजनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता हुने भएको छ । प्रजातन्त्र दिवस मूल समारोह समिति र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुरोधबमोजिम प्रज्ञा–प्रतिष्ठानको संयोजनमा फागुन ७ गते प्रज्ञा भवनमा राष्ट्रिय कविता तथा निबन्ध प्रतियोगिता आयोजना हुने भएको हो ।

    महोत्सवका लागि राष्ट्रिय भावना प्रतिविम्बन हुने गरी १५० शब्दसम्मको कविता र ‘राष्ट्रिय समृद्धिको यात्रामा युवावर्गको दायित्व’ शीर्षकमा नेपाली भाषामा लेखिएको १५०० शब्दसम्मको निबन्ध माग गरिएको छ । प्रतियोगतामा भाग लिन इच्छुक कवि तथा निबन्धकारले आफ्नो मौलिक तथा अप्रकाशित र प्रसारित कविता तथा निबन्ध फागुन २ गतेसम्म बुझाइसक्नु पर्ने सूचनामा जनाइएको छ ।

    कविता तथा निबन्ध प्रतियोगिता समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहने प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले जानकारी गराउनुभयो । सदस्य सचिव प्रा. उपाध्यायका अनुसार कविता र निबन्ध दुवै विधातर्फ प्रथमलाई रु. ५० हजार, द्वितीयलाई रु. ४० हजार र तृतीयलाई रु. ३० हजार नगद पुरस्कार र प्रमाणपत्रको व्यवस्था गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्