• ‘एन्टि–क्राइम’को नाममा भएको क्राइम

  • जनवरी २०, २०१९ को साँझ ५ बजेदेखि राति १० बजेसम्म हेनरी जी ल्योङ याउमाते कम्युनिटि सेन्टरको हल ‘एन्टि–क्राइम प्रोग्राम’को लागि हङकङ नेपाली महासंघको नाममा बुक भएको थियो तर त्यही समयमा भने नेपाली चलचित्र ‘शान्ति’ प्रदर्शन भयो ।


    ‘शान्ति’ चलचित्रको कथा न  ‘एन्टि–क्राइम’ थियो न  औपचारिक कार्यक्रममा ‘एन्टि–क्राइम’को बारे चर्चा नै गरियो । थुपुको थेबे समाज हङकङ आयोजक रहेको औपचारिक समारोहमा महासंघका कोही पनि उपस्थित थिएनन् । चलचित्रको टिकट र पोस्टरमा कार्यक्रमको बारेमा केही जानकारी नगराइएको भए पनि विशेष निमन्त्रणापत्रमा आयोजकको नाम उल्लेख गरिएको छ ।


    हल बुक भएको जानकारीपत्रमा शुल्क तोकिने ठाउँमा ‘कुनै शुल्क लिइने छैन’ उल्लेख गरिएको छ तर एक श्रोतका अनुसार आयोजकहरुले भने हलको लागि दुई हजार डलर तिरेका छन् । पत्रमा निवर्तमान अध्यक्ष रिता गुरुङको नाम उल्लेख गरिएको छ ।

  • कमेन्ट गर्नुहोस्