• नेकपाको गणतन्त्र दिवस

    कार्यक्रमका सहभागीहरु सामुहिक तस्बिरमा ।
  •  

    २८ मे २०१९ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवास संगठन प्रवासी नेपाली एकता मञ्चले जोर्डनस्थित चुम्लुङ हिममा एक औपचारिक कार्यक्रमको आयोजना गरि १२औं गणतन्त्र दिवस मनाएको छ । सोही समारोहमा २६औं मदन–आश्रीत स्मृति दिवस र पहिलो वार्षिकी समेत मनाइएको थियो ।

    कार्यक्रमका अध्यक्ष हङकङ एकता प्रकृया कार्यदल सदस्य रविन लिङदेनले नेपाली युवा पुस्तामा सांस्कृतिक चेतना बढ्दै गए पनि राजनैतिक चेतनाबाट टाढा रहेको बताएका थिए । उनले भाषा, लिपी, संस्कृति, भेषभुषा सम्बन्धी नीति राज्यको नीतिले निर्धारित गर्ने भएकोले युवा पुस्ताले राजनीति बुझ्न आवश्यक रहेकोमा जोड दिएका थिए ।

    कार्यदलका अर्का सदस्य धिरेन्द्र चाम्लिङले शुभकामना व्यक्त गर्दै १० वर्षे माओवादी जनयुद्घ र १९ दिने जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना भएको दावी गरेका थिए ।

    उक्त समारोहमा समावेशी नेपाली समाजका अध्यक्ष इन्द्र वनेम, अन्तर्राष्ट्रिय नेपाली समाजका संयोजक मनोज गौतम र नेपाली जनसम्पर्क समितिका सभापति मीनबहादुर गुरुङले शुभकामना मन्तव्य राखेका थिए । उक्त संस्थाहरु सङ्घीय समाजवादी फोरम, नयाँ शक्ति पार्टी नेपाल र नेपाली कांग्रेसका भातृसंस्था हुन् ।

    शुभकामना मन्तव्य व्यक्त गर्नेहरुमा सुदूर–पूर्वी प्रवासी नेपाली संघ–फियोनाका अध्यक्ष हिरामान राई, नेपाली घरेलु कामदार युनियनका अध्यक्ष चुन्नि थापा, नेकपा कार्यदल प्रस्तावित सदस्य बसन्त कुमारी राईसमेत रहेका थिए ।

    कार्यक्रमका अध्यक्ष हङकङ एकता प्रकृया कार्यदल सदस्य रविन लिङदेन सम्बाेधनकाे क्रममा ।

    कार्यक्रम संचालक कार्यदल सदस्य दलहाङ नेम्बाङले गणतन्त्र दिवस आउन बाँकी र मदन–आश्रीत स्मृति दिवस तथा वार्षिकी दिवस हप्ता दिन अघि भए पनि विदेशको कार्यक्रमको अभ्यास यस्तै हुने जानकारी गराएका थिए ।

    एकता प्रक्रिया कार्यदलमा पूर्व एमालेका अध्यक्ष भक्तबहादुर गुरुङ र सचिव दलहाङ नेम्बाङ र पूर्व माओवादी केन्द्रका अध्यक्ष रबिन लिङदेन र भातृसंस्थाको नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष धिरेन्द्र चाम्लिङ रहेका छन् ।

  • कमेन्ट गर्नुहोस्