• सन्जोगको मृत्युको घटना कसरी घट्यो !

    मृतक सञ्जाेग श्रेष्ठ । सौजन्य टीकामाया श्रेष्ठ ।
  •  

    जुन ५ । मङ्गलबार साँझ वानचाईको एक घटनामा १७ वर्षीय सन्जोग श्रेष्ठको मृत्यु भएको छ । घटनाको कारण पत्ता लगाउन प्रहरी अनुसन्धान भइरहेको छ ।

    पारिवारिक श्रोतका अनुसार उक्त दिन साँझ ७ बजेतिर उनी दुई घरकोबीच दोश्रो तलाको खोचमा झरेका थिए । घटनापछि उनलाई एम्बुलेन्स र फायरफाइटरका उद्दारकर्मीहरुले उद्दार गरेका थिए । घटनापछि डेढ–दुई घण्टा अवस्था सामान्य रहेको र उद्दारकर्मीहरुसंग पनि संवाद भएको उनलाई उपचारका लागि रोतन्जी अस्पताल भर्ना गरिएको थियो । करिब १० बजेतिर उनको त्यहीँ मृत्यु भएको हो ।

    प्रत्यक्षदर्शीका अनुसार ९३–१०३ थम्सन रोडस्थित थम्पसन बिल्डिङको पाँचौ तलाको उनको कोठाको झ्यालदेखि दोश्रो तलासम्मको पाइपमा रगत देखिएको छ । त्यसकारण उनी त्यहीँबाट तल झरेको अनुमान गर्न सकिन्छ ।

    सोही बिल्डिङको सातौं तलामा बस्ने सुरेश यक्सोले मृतक सन्जोग श्रेष्ठसंगै फूटबल खेल्ने गरेको र भेट भइरहने बताएका छन् । उनले फेसबुक स्टाटसमा घटनाको दिन पनि सिढींबाट झर्दै गर्दा भेट भएको तर बोलाउँदा नबोलेको, निराश देखिएको, वानचाई जुनियर टिमका फूटबल खेलाडी, शान्त, इमान्दार र मेहेनती रहेको र स्पेनमा ट्रेनिङ गरेर आएको उल्लेख गरेका छन् ।

    उसंगै खेल्ने खेलाडीहरुका अनुसार ट्रेनिङको लागि मिलाउने नेपाली एजेन्टले रकम लिएर भनेजस्तो व्यवस्था नगरेका कारण उनी स्पेनमा छोटो समय बसेर केही अघि फर्किएका थिए । आमासंग बस्ने गरे पनि घटनाको समय उनी एक्लै थिए । उनको आमा नेपाल घर सुरुङ्गा, झापा गएकी र लकडाउनमा परेकी छन् ।

  • कमेन्ट गर्नुहोस्