• ‘नेपालका आदिवासी मगरः सन्दर्भ विवरणिका’ विमोचित

  • काठमाडौं, १८ साउन, २०७५ । मगर अध्ययन केन्द्रद्वारा तयार पारिएको पुस्तक ‘नेपालका आदिवासी मगरः सन्दर्भ विवरणिका’ नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा सदस्य सचिव प्रा.डा. जिवेन्द्रदेव गिरीको प्रमुख आतिथ्यमा विमोचन भएको छ ।

    केन्द्रका अध्यक्ष डा. गोविन्द प्रसाद थापाको अध्यक्षता रहेको कार्यक्रममा प्रा.डा. डिल्लीराज दाहाल, प्रा.डा दिनेशराज पन्त, नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुन, गोरे बहादुर खपाङ्गी फाउन्डेशनका अध्यक्ष हुमबहादुर थापा मगर, बम कुमारी बुढा मगर, प्राज्ञ विष्णु प्रभात, आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानका पूर्व सदस्य सचिव लोकबहादुर थापा मगर अतिथि रहेका थिए ।

    उक्त अवसरमा पुस्तकबारे प्राज्ञ लोकबहादुर थापा, प्राज्ञ दिनेशराज पन्त, प्रा.डा. डिल्लीराज दाहाले टिप्पणी गरेका थिए । टिप्पणीकारहरुले पुस्तकले मगर जातिको इतिहास, उत्पत्तीको खोज कार्यलाई मार्ग निर्देशन गर्न सक्ने र समग्रमा मगर जाति बारे शोधकार्य गर्नका लागि उपयोगी रहेको बताएका थिए ।

    प्राज्ञ विष्णु प्रभातले मगर जातिको इतिहास इसाको पहिलो÷दोस्रो शताब्दीदेखिको रहेको र बोन दर्शन (जसलाई त्यतिबेला पोन भनिन्थ्यो)का प्रबद्र्धकहरु मगर रहेको दावी गर्दै मगर जातिको इतिहास निकै पुरानो भएको बताएका थिए ।

    सम्पादक विष्णुकुमार सिंजालीले विद्वानहरुको टिप्पणी तथा सम्पाद मण्डलको स्वयंसेवाको भावनाले पुस्तक प्रकाशन सम्भव भएको बताएका थिए । सम्पादनमा समय अभावका कारण सन्दर्भ सामग्रीहरुको वर्गिकृत र समयकालक्रम अनुसार सन्दर्भ सामग्रीहरुको सुचीलगायत उल्लेख गर्न नसकिए पनि आउँदो संस्करणमा संलग्न गरिने जानकारी गराएका थिए ।

    यसै गरी प्रमुख अतिथि प्रा.डा. जिवेन्द्रदेव गिरीले मगर जातिको चर्चा गर्दै पुस्तकले मगर जातिको प्राज्ञिक कार्यमा सघाएको बताएका थिए । रञ्जना थापामगरद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य प्रतिभा पुनको रहेको थियो ।

    कार्यक्रम समापनको क्रममा अध्यक्ष डा. गोविन्द प्रसाद थापाले प्रकाशित पुस्तक विक्रीवितरणबाट आउने सम्पूर्ण रकम गोरेबहादुर खपाङ्गी फाउन्डेशनद्धारा स्थापित छात्रवृत्ति अक्षयकोषमा जम्मा हुने जानकारी गराएका थिए । उनका अनुसार छात्रवृत्तीले नयाँ प्राज्ञिक व्यत्तित्वहरु जन्माउने र मगर समाज तथा देशको समृद्धिमा टेवा पु¥याउने छ ।

    फोटोः प्रतिभा पुन मगर

  • कमेन्ट गर्नुहोस्