वि विल राइजको भिडियो प्रतियोगिता
एभरेष्टखबर
January 11, 2019
आफ्नो गाउँलाई पर्यटकीय ठाउँ बनाउने अवधारणा राखेर वि विल राइज फाउण्डेसनले भिडियो प्रतियोगिता गर्ने भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुगोस् भन्ने अभिप्राय राखेर फाउण्डेसनले नेपाल पर्यटन वोर्डसंग सहकार्य गर्दै पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रमको घोषणा गरेको हो ।
नेपालका धेरै गाउ“हरु अझैं पनि पर्यटकीय दृष्टिकोणले आकर्षक बनाउन सकिने देखेर भिडियो निर्माताहरुले कुनै पनि गाउँको प्राकृतिक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदि विषयलाई आधार बनाएर भिडियो तयार पार्न सक्ने पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
अहिले पर्यटकहरुको अत्याधिक आवागमन हुने क्षेत्रलाई पनि फरक ढंगले प्रस्तुत गर्न सकेमा पनि त्यस्ता भिडियोलाई प्रतियोगितामा समावेश गर्न सकिने तर भिडियो भने नेपालकै हुनु पर्ने प्रवधान रहेको छ । कुनै पनि निर्माताले क्यामराबाहेक आपूmसंग रहेको स्मार्टफोनको एचडी क्वालिटिमा भिडियो खिचेर समेत सहभागिता जनाउन सक्नेछन् ।
अधिकतम ५ मिनेटको हुनु पर्ने उक्त भिडियोको सबै पक्षको उत्कृष्टताको चयन गर्न डकुमेन्ट्रि निर्देशक छिरिङ रितार शेर्पा, लेखक तथा डमुमेन्ट्रि निर्माता मोहन मैनाली, डकुमेन्ट्रि एवं चलचित्र निर्देशक सम्झना उप्रेती रौनियार, वरिष्ठ साउण्ड विज्ञ प्रदिप उपाध्याय र नेपाल पर्यटन वोर्डको सिईओ निर्णायक रहेका छन् ।
पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार भिडियो निर्माताले आपूmलाई मन परेको विषयमा फाउडेसनको आधिकारीक वेवसाईट डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपीमा गएर जानकारी गराउनु पर्ने छ ।
निर्णायकहरुवाट चयन भएका उत्कृष्ठ भिडियोहरुलाई फाउण्डेसनको युट्युव च्यानल, फेसबुक पेजमा राखेर प्रचार प्रसार गरिने छ । यसमा सर्वाधिक लाईक, कमेन्ट र सेयर हुने भिडियोलाई ‘पिपुल च्वाईस अवार्ड’ प्रदान गरिने छ ।

कमेन्ट गर्नुहोस्

















