• सार्वजनिक सवारीको भाडा वृद्धि

  •  

    सरकारले सार्वजनिक सवारीसाधन र मालवाहक सवारी दुवैको भाडा वृद्धि गरेको छ । नयाँ भाडादर आगामी असार १ गतेदेखि लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ । प्राविधिक समितिको सिफारिसको आधारमा भाडादरमा वृद्धि भएको विभागका प्रवक्ता तीर्थराज खनालले बताउनुभयो ।

    सार्वजनिक यातायात र ट्याक्सीको भाडादर अहिले विद्यमान भाडादरभन्दा १२ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै, मालवाहक सवारी र ठूला यात्रुवाहक सवारीमा २० प्रतिशतसम्म भाडा वृद्धि हुने उहाँले जानकारी दिनुभयो ।

    लामो समयसम्म भाडादर वृद्धि नभएकाले समयानुसार समायोजन गरिएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “सात वर्षपछि र आवश्यकताअनुसार भाडा वृद्धि भएको हो ।”

  • कमेन्ट गर्नुहोस्