• हङकङभित्र लोकार्पण

  •  

    २५ जुन । क्रान्ति सुब्बाको नियात्रा सङ्ग्रह ‘हङकङभित्र’ लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति गंगाप्रसाद उप्रेतीले एक समारोहबीच लोकार्पण गरेका हुन् ।

    कार्यक्रममा लेखकले कृतिमा विविध विषयलाई समेट्दै हङकङको बारे संक्षिप्त जानकारी दिन प्रयास गरेको बताएका थिए । उनले कृति हङकङका नेपालीको भोगाईको दस्तावेज रहेको दावी गरेका थिए ।

    प्रमुखअतिथि कूलपति उप्रेतीले बधाई तथा शुभकामना दिने क्रममा ‘हङकङभित्र’ बौद्धिक खुराक रहेकोमा विश्वस्त भएको बताएका थिए । उक्त समाराेहमा हाङयुग अज्ञात, टंक सम्बाहाम्फे, राजेन्द्र शलभ र राजेन्द्र रिमाललगायतले शुभकामनासहित मन्तव्य व्यक्त गरेका थिए ।

  • कमेन्ट गर्नुहोस्