• फरक आयामको सरसफाइ अभियान

  •  

    १८ जुलाई । फरक आयामले इलाममा सरसफाइ अभियान शुरु गरेको छ । ओपिधारादेखि भालुढुङ्गासम्मको सरसफाइ अभियानको उद्घाटन गत शनिबार उद्योग वाणिज्य संघ इलामका अध्यक्ष ईश्वर चिपालुले गरेका थिए ।

    ‘सफा पर्यावरण, पर्यटनको आधार’ नारासहितको यो अभियानले हरेक महिना सरसफाइ गर्नेछ । पर्यटकीय स्थल भालुढुङ्गाको प्रबद्र्धनका लागि हरि गुरुङको अध्यक्षतामा एक समिति समेत गठन गरिएको छ ।

    पहिलो कार्यक्रममा तीन बोरा प्लाष्टिक टिपिएको कुरा आयोजक फरक आयामका अर्जुन योङ्हाङले बताएका छन् । कार्यक्रममा समितिका वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कृष्ण पौडेल, समितिका उपाध्यक्ष प्रकाश थाम्सुहाङलगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रममा उपस्थित कवि हाङयुग अज्ञातले ठाउँठाउँमा फोहर फ्याँक्ने भाँडो र सूचना टाँस्नु जरुरी रहेको सुझाएका थिए । संघका अध्यक्ष चिपालुले सुझावको विषयलाई सम्बन्धित निकायमा राख्ने बताएका थिए ।

  • कमेन्ट गर्नुहोस्