• खोप लगाऔं, फ्लु रोकौं

  •  

    जाडो मौसममा इन्फ्लुएन्जाको भाइरस र कोभिड–१९ रोगको कारण कोरोनाभाइरस व्यापक फैलन सक्छ । इन्फ्लुएन्जा र कोभिड–१९ एकै पटक भएमा व्यक्ति गम्भीर बिरामी पर्न सक्छ । त्यसैले सन् २०२०/२१ मा मौसमी इन्फ्लुएन्जाको खोप लगाउनु महत्वपूर्ण छ ।

    मौसमी इन्फ्लुएन्जाको खोप (सिजनल इन्फ्लुएन्जा भ्याक्सिन एसआइभी) कसले लगाउने ?

    एसआइभी सुरक्षित र प्रभावकारी हुन्छ । व्यक्तिगत सुरक्षाका लागि ६ महिनादेखि माथि उमेरका स्वस्थ व्यक्तिले एसआइभी लगाउनुपर्छ । यसले गम्भीर स्वास्थ्य समस्या हुनबाट जोगाउँछ । पुरानो स्वास्थ्य समस्या भएकाले चाहिं चिकित्सकको परामर्श लिनुपर्दछ ।

    एसआइभी कहाँ लगाउने ?

    भ्याक्सिनेसन सब्सिडी स्किम (भीएसएस) र गभन्र्मेन्ट भ्याक्सिनेसन प्रोग्राम (जीभीपी) २०२०/२१ शुरू भइसकेको छ । यसबाहेक एसआइभी स्कूल आउटरिच प्रोग्राम अन्तर्गत सरकारले सहभागी विद्यालयका बालबालिकालाई निःशुल्क खोप उपलब्ध गराउदैंछ ।

    गभन्र्मेन्ट भ्याक्सिनेसन प्रोग्राम (जीभीपी)

    जीभीपी अन्तर्गत योग्य हङकङबासीलाई निश्चित सरकारी क्लिनिकमार्फत निःशुल्क खोप उपलब्ध गराइन्छ । ६५ वर्ष वा सोभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले हस्पिटल अथोरिटीको जेनरल आउट पेसेन्ट क्लिनिक र डिपार्टमेन्ट अफ हेल्थले तोकेका एल्डर्ली हेल्थ सेन्टर (ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र)मा गई खोप लगाउन सक्छन् ।

    योग्य समूहबारे विस्तृत विवरणका लागि सेन्टर फर हेल्थ प्रोटेक्सनको वेबसाइट https://www.chp.gov.hk/files/pdf/eligible_groups_202021_siv_en.pdf हेर्न सकिनेछ ।

    भ्याक्सिनेसन सब्सिडी स्किम (भीएसएस)

    भीएसएस अन्तर्गत तल उल्लेख गरिएका हङकङबासीलाई सहुलियतमा एसआइभी उपलब्ध गराइन्छ ।

    • गर्भवती महिला
    • ५० वर्ष वा सोभन्दा बढी उमेरका व्यक्ति
    • ६ महिनादेखि १२ वर्षमुनिका बालबालिका वा हङकङको कुनै प्राथमिक विद्यालयमा अध्ययनरत १२ वर्ष वा सोभन्दा बढी उमेरका बालबालिका
    • बौद्धिक अपाङ्गता भएका व्यक्ति
    • अपाङ्गता भत्ता पाउने व्यक्ति
    • सोसल वेलफेयर डिपार्टमेन्टको कम्प्रिहेन्सिभ सोसल सेक्युरिटी एसिस्टेन्ट (सीएसएसए) अन्तर्गत ‘१००∞ अपाङ्गता’ को मापदण्ड अनुसार वा ‘निरन्तर उपस्थिति आवश्यक पर्ने’ व्यक्ति

    योग्य व्यक्तिले भीएसएसमा सहभागी निजी चिकित्सकको क्लिनिक गई प्रति मात्रा २४० हङकङ डलर छुटसहित एसआइभी लगाउन सक्छन् । थप शुल्क लिने वा नलिनेबारे चिकित्सकले नै निर्णय गर्नेछन् ।

    फ्लु रोकथाम गर्ने स्वस्थ जीवनशैलीबारे टिप्स

    खोपबाहेक, व्यक्तिगत सरसफाइ र वातावरणीय स्वच्छता नै मौसमी इन्फ्लुएन्जाको सङ्क्रमण रोकथाम गर्ने प्रभावकारी उपाय हो । विशेषगरी सर्जिकल मास्कको सही प्रयोग, हातको सरसफाइ, सन्तुलित आहार, नियमित व्यायाम, धुमपान नगर्नु र मद्यपानबाट टाढा रहनु पर्दछ ।

    थप जानकारीका लागि सेन्टर फर हेल्थ प्रोटेक्सनको वेबसाइट https://www.chp.gov.hk/en/features/100632.html हेर्नुहोस् वा २१२५ २१२५ मा फोन गरी सोधपुछ गर्नुहोस् ।

  • कमेन्ट गर्नुहोस्