• बालबालिकाको छारेरोग उपचार गर्न गाँजाबाट बनेको औषधी

  • संयुक्त राज्य अमेरिकाको युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडिए) ले गाँजाबाट बनेको पहिलो औषधीलाई अनुमोदन गरेको छ । सो औषधीलाई बालबालिकालाई लाग्ने दुर्लभ र गम्भिर प्रकारको दुई वटा छारेरोग उपचार गर्न प्रयोग गरिनेछ ।
    एपिडियोलेक्स नामक उक्त औषधी मुखबाट सेवन गर्ने औषधी हो । यसमा अत्यधिक शुद्धिकरण गरिएको क्यानबिडायोला (सिबिडि) समावेश गरिएको हुन्छ जसलाई वैज्ञानिक नाम क्यानबिस सटिभाभन्दा सामान्यतया गाँजा भनेर चिनिन्छ । औषधीमा साइकोएक्टिभ तत्व टिएचसिको मात्रा थोरै छ र मादक पनि हुने छैन ।
    एपिडियोलेक्सलाई लेन्नोक्स–ग्यासटट र ड्राभे सिन्ड्रोमबाट पीडित दुई वर्ष र सोभन्दा माथिका बिरामीको सेवनका लागि स्विकृत गरिएको छ । दुवै रोगमा दैनिक रुपमा नियन्त्रण गर्न नसकिने गरी सिजर हुन्छ र बिरामीलाई बौद्धिक अपांगता, चोटपटक र अकालमै मृत्यु हुने लगायत अन्य शारीरिक समस्याको उच्च जोखिम हुन्छ ।
    संयुक्त राज्य अमेरिकामा यी दुई समस्याबाट ४५ हजारभन्दा कम मानिस प्रभावित छन् तर विज्ञहरूले अन्य प्रकारका छारेरोगमा पनि एपिडियोलेक्स प्रयोग हुने अपेक्षा गरेका छन् । ड्राभे सिन्ड्रोमका लागि यो नै पहिलो पटक स्विकृत गरिएको औषधी हो ।
    एफडिए कमिशनर स्कट गोट्लियबले उक्त अनुमोदनले “गाँजामा भएका सक्रिया तत्वहरूलाई उचित रुपमा मुल्याङ्कन गर्ने उपयुक्त विकास कार्यक्रमहरूलाई बढाउँदा महत्वपूर्ण चिकित्सा थेरापी उपलब्ध हुन्छ भन्ने कुराको स्मरण गराउने” बताए ।
    तीन अव्यवस्थित, प्लेसिबो–नियन्त्रित परिक्षणमा ५ सयभन्दा बढी बिरामीमाथि परिक्षण गरिएको उक्त औषधी सिजर न्युनिकरण गर्न प्रभावकारी रहेको एफडिएले जनाएको छ । उक्त गतिविधि “गाँजा वा यसका सबै तत्वहरूको अनुमोदन” भने नभएको तर एउटा विशिष्ट प्रयोजनका लागि एउटा सिबिडि औषधीलाई मात्रै अनुमोदन गरिएको गोट्लियबले टिप्पणी गरेका छन् ।
    “चिकित्सकयि दाबी पुष्टि नगरिएका र अनुमति नपाएका सिबिडि–भएका उत्पादनहरूको प्रसार र गैरकानुनी बजार प्रवद्र्धन” बारे संस्था चिन्तित रहेको उनले बताए । अप्रिलमा, एउटा सल्लाहकार समितिले बहुमतले दुई प्रकारको छारेरोगमा प्रयोग गर्नलाई उक्त औषधी स्विकृत गरेको थियो ।
    यस अघि किमोथेरोपी र अन्य प्रयोजनका लागि वाक्वाकी लाग्ने बिरामीहरूलाई टिएससिको सिन्थेटिक संस्करण भएको औषधी प्रयोग गर्न एफडिएले अनुमति दिएको थियो तर वनस्पतिबाट तयार गरिएका कुनै पनि औषधीलाई भने स्विकृती प्रदान गरेको थिएन । गाँजा र सिबिडि लगायत यसका तत्वहरू स्केज्युल १ अनुसार नियन्त्रित पदार्थहरू हुन् – अर्थात् उच्च दुरुपयोग सम्भावना, कुनै औषधीजन्य मुल्य नभएको र सुरक्षामा गम्भिर प्रभाव पार्ने बुझिएकाले यिनीहरू प्रतिबन्धित छन् ।
    एफडिएले एपिडियोलेक्सलाई अनुमति दिएपछि, ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन (डिईए) ले ९० दिनभित्र क्यानाबिडायोललाई पुनवर्गिकरण गर्ने अपेक्षा गरिएको छ । यद्यपि, त्यस्तो पुनवर्गिकरणमा सबै सिबिडि उत्पादन, एपिडियोलेक्समा प्रयोग गरिएको विशेष सिबिडि वा अरु कुनै पर्ने वा नपर्ने भन्नेबारे प्रष्ट छैन ।
    गाँजाले स्वास्थ्यमा फाइृदा पु¥याउँछ भन्दै लामो समयदेखि बहस गर्दै आएकाहरूका लागि एफडिएको अनुमोदन कोशेढुंगा भएकोे छ । लन्डनस्थित जीडब्ल्यू फार्मास्युटिकल्सका कार्यकारी प्रमुख जस्टिन गोभरले अघिल्लो साता एउटा अन्तर्वार्तामा भनेका छन्, “उक्त वनस्पति चिकित्सकीय गतिविधिको सम्भावना भएका पदार्थहरूको सम्पन्न श्रोत भएको एउटा मान्यता हो ।” उनले भने, “हामी अहिले सतहमा छौं जुन गाँजामा आधारित औषधीहरूको एउटा श्रृंखला हुनसक्छ ।”
    बेलायतमा उत्पादन हुने उक्त औषधीको बजार प्रवद्र्धन जिडब्ल्यु फार्मास्युटिकल्सको अमेरिकी सहायक कम्पनी ग्रिनिच बायोसाईन्सेसले गरेको छ । औषधी निर्माताले ग्लियोब्लास्टोमा र स्किजोफ्रेनियाँकाउ उपचारका लागि अन्य सिबिडि उपचारहरूको परिक्षणा गरिरहेको छ ।
    अमेरिकन एपिलेप्सी सोसाईटीका अध्यक्ष तथा न्युयोर्कस्थित मोन्टेफियोर मेडिकल सेन्टरका स्नायुविद् श्लोमो शिन्नारले उक्त औषधी बाल्यकालदेखि भएको गम्भिर प्रकारको छारेरोगका लागि सिमित विकल्पमध्ये “एउटा अत्यन्तै बहुमुल्य उपाय” हुने बताएका छन् । सुरक्षा र प्रभावकारिताका लागि एफडिएको कडा परिक्षा पार गरेको औषधी अनुमोदन हुनु स्वागतयोग्य भएको शिन्नारले बताए ।
    धेरै आमाबाबुले यस अघि नै औषधीजन्य प्रयोजनका लागि गाँजा वैधानिक भएको राज्यहरूका औषधी पसलहरूमा उपलब्ध नियमन नगरिएका सिबिडि औषधी दिन थालेका छन् । केहीले उनीहरूले प्रयोग गरिरहेका यस्ता उत्पादनहरूले उनीहरूको बालबालिकालाई फाईदा पु¥याईरहेकोले नयाँ सिबिडि औषधी दिनेबारे विचार नगरेको बताए । केहीले एफडिएको स्विकृती प्राप्त उत्पादन प्रयोग गर्नेबारे उत्सुक भएको बताएका छन् ।
    -द वाशिङ्न पोस्ट

  • कमेन्ट गर्नुहोस्