• एचकेएनबीएको ग्वाङझाउमा शाखा कार्यालय

  • २४ जुन । हङकङ नेपाल व्यापार संघ (एचकेएनबीए)लिमिटेडले ग्वाङझाउमा शाखा कार्यालय स्थापना गरेको छ । ह्वाङपु जिल्लास्थित भान्के सेन्टरमा रहेको कार्यालय ग्वाङझाउका लागि कार्यवाहक नेपाली कन्सुल जनरल दिपक बञ्जाडेले उद्घाटन गरेका हुन् ।
    एचकेएनबीएका अध्यक्ष प्रकास पुनका अनुसार नेपाल र चीनबीचको व्यापार प्रवद्र्धन गर्न र नेपालमा लगानी भित्राउन सहयोग पु¥याउने उद्देश्यले शाखा कार्यालय स्थापना गरिएको हो । भान्के डेभलपर्सले निःशुल्क फ्लाट उपलब्ध गराएपछि कार्यालय स्थापना गर्न सहज भएको उनले बताएका छन् । करिव १५ हजार युआन पर्ने ९२ स्क्वायर मिटरको फ्लाटको मासिक बहाल एक अमेरिकन डलरमात्र तोकिएको छ ।
    सोही किसिमको सुविधा जर्जिया, मलेशियालगायत अफ्रिकाका विभिन्न राष्ट्रका व्यापारिक संघसंस्थाले प्राप्त गरेका छन् । अध्यक्ष पुनका अनुसार कार्यालयका लागि उपलब्ध गराइएको फ्लाट तीन वर्षका लागि हो । त्यसपछि पनि प्रदर्शनको आधारमा उक्त सुविधा प्राप्त गर्न सकिने संभावना रहेको छ ।
    एकजना कर्मचारी रहने कार्यालयबाट ग्वाङझाउलगायत चीनबाट आयात गर्ने नेपाली व्यापारीलाई आवश्यकीय सहयोग र समन्वय गर्ने उद्देश्य रहेको छ । योसंगै नेपालको विशेष गरेर जडिबुटी र हस्तकलाको सामग्री चीनमा प्रबद्र्धन गर्न पहल गरिने छ । त्यसै गरी चीनका लगानीकर्ताहरुलाई नेपालका लागि संयोजन र सहयोग गर्ने उद्देश्य रहेको छ ।
    एचकेएनबीएको चाइना काउन्सिल फर द प्रोमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) अन्तर्गत युरो–एशिया लिमिटेडसंग सम्बन्ध रहेकोले ‘वान बेल्ट वान रोड’को उद्देश्य र कार्यक्रमलाई पनि सहयोग पुग्ने प्रकाश पुनले दावी गरेका छन् । अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको लागि गठन गरिएको सीसीपीआईटी सरकारी अंगको रुपमा रहेको छ ।
    ग्वाङझाउका कार्यवाहक नेपाली कन्सुल जनरल बञ्जाडेले एचकेएनबीएको शाखा कार्यलय सम्बन्धमा नेपाल र चीन सरकारबीच कुनै सम्पर्क नभए पनि निजी क्षेत्रले उक्त फ्लाट पाउनुलाई उपलब्धी मानेका छन् । उनले भने, ‘एचकेएनबीएको शाखा कार्यालय स्थापनाको सम्बन्धमा नेपाल र चीन सरकारबीच कुनै सम्पर्क छैन तर निजी क्षेत्रकै भए पनि सीसीपीटीआईसंग सम्बन्ध रहेको संस्थामार्पmत भएकोले यसलाई उपलब्धीको रुपमा लिन सकिन्छ ।

    कार्यलय उद्घाटनको क्रममा ग्वाङझाउका लागि कार्यवाहक नेपाली कन्सुल जनरल दिपक बञ्जाड (बायाँबाट चौथा)लगायत अन्य । तस्बिर सौजन्यः एचकेएनबीए ।

  • कमेन्ट गर्नुहोस्