• साहित्य श्रृंखलामा मिश्रको शोकसभा

  • २६ अगष्ट । चित्रकार तथा साहित्यकार स्व.मनुजबाबु मिश्रको शोकसभासहित सृजना वाचन तथा समीक्षा गर्दै ७६ औं हङकङ साहित्यिक साझा श्रृंखला जोर्डन स्थित नयाँपेजको सम्पर्क कार्यालयमा सम्पन्न भयो । मिश्रको गत ८ अगष्टका दिन ८३ वर्षको उमेरमा हृदयघातका कारण काठमाडौंमा निधन भएको थियो ।

    श्रृंखलाका संयोजक कवि तथा गीतकार डी.बी. पालुङवाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको पहिलो चरणमा चित्रकार दिपेन्द्र राईद्वारा चित्रित स्व.मिश्रको स्केचमा फूल चढाउँदै १ मिनेट मौनधारण गरिएको थियो । त्यस लगत्तै चित्रकार राईले स्व. मिश्रको जीवनी बताएका थिए भने  साहित्यकार दाजु गुरुङले समेत उनी बारे बोलेका थिए ।

    उक्त अवसरमा पूर्णिमा शाह, सुनिता गिरी, पवित्रा राई लगायतले सृजना वाचन गरेका थिए भने वाचित सृजनामाथि साहित्य प्रतिष्ठान हङकङका अध्यक्ष टंक सम्बाहाम्फे, हेम कुमार लावती र संयोजक पालुङवाले समीक्षासहित समग्रकार्यक्रमबारे आफ्ना धारणा राखेका थिए । श्रृंखलाले आगामी ३० सेप्टेम्बर आइतबारका दिन हङकङबासी साहित्यकारहरुको विविध विधाका सृजनाहरु समेटिएको पुस्तक ‘श्रृंखला भाग–३’ सार्वजनिकसंगै ७ औं वार्षिकोत्सव मनाउँदै छ ।

     

  • कमेन्ट गर्नुहोस्