• हिरासत गृह बन्यो क्याम्पस

  • कुनै समय यहाँ सन् १९६७ को वामपंथी दंगामा पक्राउ गरिएका कैदीहरु राखिन्थ्यो । अहिले यहाँका कोठरीहरुलाई चिटिक्क परेका कक्षाकोठा बनाईएका छन् । भुईंदेखि सिलिङसम्म पुग्ने झ्यालहरुबाट हङकङ आइल्यान्डको सुदुर पश्चिमी समुद्र देखिन्छ ।

    युनिभर्सिटी अफ सिकागोले ७५ मिलियन अमेरिकी डलर (५८ करोड ६० लाख हङकङ डलर) लगानी गरेर जिर्णोद्धार तथा निर्माण गरेको परियोजना मंगलबार सार्वजनिक गरेको छ । पोक फु लामस्थित पूर्व भिक्टोरिया डिटेन्सन सेन्टरलाई एउटा आधुनिक शैक्षिक कम्प्लेक्समा रुपान्तरण गरेर नयाँ जीवन दिईएको छ ।

    हङकङ जक्की क्लब युनिभर्सिटी अफ सिकागो कम्प्लेक्स/ द युनिभर्सिटी अफ सिकागो फ्रान्सिस एन्ड रोज युएन क्याम्पसमा सय जनाभन्दा बढी विद्यार्थीहरुले विश्वविद्यालयको १३ लाख हङकङ डलर शुल्क लाग्ने २१ महिने एक्जिक्युटिभ एमबीए कार्यक्रम अध्ययन गर्न थालेका छन् । सर्वसाधारणलाई पनि यो भव्य धरोहरको अनुभव गराउने योजना बनिरहेको छ ।

    डिसेम्बरदेखि, १६८ भिक्टोरियो रोडस्थित क्याम्पसको भ्रमण आयोजना गरिनेछ र एउटा संग्रहालय पनि खोलिनेछ । वास्तविक हिरासत गृह सन् १९५० को दशकमा दोश्रो विश्वयुद्धमा शहरको प्रतिरक्षा गर्न प्रयोग गरिएका हातहतियार अभिस्थापन गरिएको जुबिली ब्याट्रीमा निर्माण गरिएको थियो । पछि, गुप्तचर कारवाहीको प्रतिरोध गर्ने हङकङ प्रहरीको स्पेशल ब्रान्चले यसमा कब्जा जमायो र वामपन्थी र दक्षिणपन्थी बन्दी दुवैलाई राख्न प्रयोग गर्‍यो ।

    सन् २०१३ को जुलाईमा, ग्रेड थ्रीको ५३ हजार वर्ग फुट क्षेत्रमा युनिभर्सिटी अफ सिकागो बुथ स्कूल अफ बिजनेसलाई क्याम्पस सञ्चालन गर्न अनुमित दिईयो ।

    क्याम्पसको फ्याकल्टी एडभाईजरी बोर्डकी अध्यक्ष प्रोफेसर ली का–यीले शैक्षिक पूर्वाधारको नयाँ कार्यसम्पादन सुहाँउदो जिर्णोद्धार गर्दै त्यस स्थलको संरक्षणमा विश्वविद्यालय र परियोजनाका डिजाईनर रिभरी आर्किटेक्चरले गरेका केही प्रयासमाथि प्रकाश पारिन् ।

    उनले ब्लक बीको एउटा कक्षाको उदाहरण दिईन् जसमा हिरासत गृह हुँदाको समयमा बनेका निशानहरु जस्ताको तस्तै राखिएका छन् । यसको निर्माण कार्य भईरहेको छ ।

    “खुला डिजाईनले तयार गरिएको यो ब्लकका भित्ताहरुमा वर्गाकार जालीजस्तो बुट्टा कुँदिएका छन्,” हङकङमै जन्मिएर हुर्किएकी रसायनशास्त्रकी प्राध्यापक लीले बताईन् ।

    ब्लकमा कक्षा समावेश गरी जिर्णोद्धार गर्दा हावा बाहिर जान नदिई एउटा शिशाको ढोका थपिएको छ जहाँबाट दुवैतिरको दृश्य हेर्न सकिन्छ । यसका लागि वातानुकुलन आवश्यक पर्ने उनले बताईन् । साथै, आगन्तुकहरुलाई अतित दृष्टिगोचर गर्नलाई सहयोग गर्न, त्यहाँ जुबिली ब्याट्री हुँदा प्रयोग गरिएको ६ ईन्च लामो नाल भएको एउटा बन्दुकको प्रतिरुप पनि निर्माण भईरहेको छ । यस बाहेक, अझ धेरै जानकारी प्राप्त गरी भविष्यका प्रदर्शनीमा समावेश गर्न त्यहाँका पूर्व बन्दी वा उनीहरुसँग सम्बन्धित व्यक्तिहरुसँग पनि सम्पर्क गरिएको लीले बताईन् ।

    सिंगापुरमा एक दशकभन्दा लामो समयपछि युनिभर्सिटी सिकागो सन् २०१४ देखि साइबरपोर्टमा सञ्चालन भएको हो । एक्जिक्युटिभ एमबीए कार्यक्रमका सहायक डिन रिचर्ड जोन्सनले सिंगापुरमा विद्यार्थीको व्यापक विविधतालाई आकर्षित गर्नु चुनौतीपूर्ण रहेको बताए । विविधता नै विश्वविद्यालयको विशेषता हो ।

    ६० प्रतिशत विद्यार्थीहरु सिंगापुरका नागरिक वा त्यहाँ बस्ने गरेको उनले बताए ।

    “तर अहिले हामीसँग मात्रै २७ प्रतिशत हङकङेली वा हङकङमा बस्ने विद्यार्थी छन्, बाँकी एशियाका १४ देशबाट आएका हुन् ।”

    क्याम्पस नोभेम्बरसम्म निर्माण हुने अपेक्षा गरिएको छ । विश्वविद्यालयले सामाजिक नवीनताबारे नि:शुल्क सेमिनार सहित बजारशास्त्र र नेतृत्व विकास लगायत नन-डिग्री एक्जिक्युटिभ शैक्षिक कार्यक्रमहरु पनि त्यहाँ सञ्चालन गर्नेछ ।

    पीस चीउ

  • कमेन्ट गर्नुहोस्