• स्याङ्जाको अध्यक्ष पुनः ईश्वर गुरुङ

  • सेप्टेम्बर २ । स्याङ्जा जनसेवा समितिको आठौं अधिवेशनले ईश्वर गुरुङलाई पुनः अध्यक्षमा चयन गरेको छ । अधिवेशन जोर्डनस्थित चुम्लुङ हिममा सम्पन्न भएको थियो ।
    नयाँ कार्यसमितिको उपाध्यक्षद्वयमा मुककाजी गुरुङ र रविन्द्र थापामगर रहेका छन् । उक्त समितिको सचिव, सहसचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमशः तिर्थ गुरुङ, बल गुरुङ, राजकुमार थापा र राजकुमार जीआर रहेका छन् । मीन गुरुङ, रमेश थापा, ओमकार थापा, प्रेम गुरुङ, सरिता गुरुङ, शशीकुमार गुरुङ, रत्न काफ्ले, भवीन्द्र मल्ल र सुरेश गुरुङ समितिका सदस्य रहेका छन् ।
    संस्थापक अध्यक्ष भक्त गुरुङको प्रमुखआतिथ्य रहेको उद्घाटन सत्रमा गैर–आवासीय नेपाली संघका अध्यक्ष राधिका गुरुङ, हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष किसन राई, तमु ट्हो ह्युलका अध्यक्ष विजय गुरुङलगायत संघका सल्लाहकार तथा जिल्ला अन्तर्गतका विभिन्न संघसंस्थाका अध्यक्षहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
    बन्दसत्र संचालनका लागि संस्थापक अध्यक्ष गुरुङको संयोजकत्वमा रीता गुरुङ, प्रेम थापामगर, युगमाया राना र शशीकुमार गुरुङ रहेको पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको थियो ।

    अध्यक्ष मण्डलका अध्यक्ष भक्त गुरुङ नवनिर्वाचित कार्यसमितिलाई सपथग्रहण गराउने क्रममा ।

  • कमेन्ट गर्नुहोस्