• युनिभर्सिटी अफ हङकङ ३६औं वरियतामा

  • उच्च शिक्षा हासिल गर्ने संस्थाहरुको विश्व वरियतामा युनिभर्सिटी अफ हङकङ ३६औं स्थानमा परेको छ । यो विश्वविद्यालयको ६ वर्षयताकै उत्कृष्ट प्रदर्शन हो । नेशनल युनिभर्सिटी अफ सिंगापुरलाई एक स्थानले पछि पार्दै, वरियताको २२औं स्थानमा रहेको मुलभूमि चीनको चिङ्ग्वा युनिभर्सिटी एशियाकै उत्कृष्ट विश्वविद्यालय बन्न सफल भएको छ ।

    टाईम्स हाइयर एजुकेशन वर्ल्ड युनिभर्सिटी र्‍याङ्किङ्स – २०१९ मा बलियो रुपमा उपस्थित मात्रै नभएर चिङ्ग्वा विश्वविद्यालयले पहिलो पटक पेकिङ युनिभर्सिटीलाई पनि पछि पारेको छ । अघिल्लो वर्ष वरियताको २७औं स्थानमा रहेको पेकिङ युनिभर्सिटी, यो वर्ष ३१औं स्थानमा झरेको छ ।

    चिङ्ग्वा र मुलभूमिका अन्य विश्वविद्यालयहरुको बलियो उपस्थिती, शीर्ष विद्यालयहरुमा लगानी गर्दै विश्वभरका उत्कृष्ट प्रतिभा आकर्षित गर्ने, “सफलताको चीनियाँ सुत्र” को प्रमाण भएको टाईम्स हाइयर एजुकेशनको विश्व वरियताका सम्पादकीय निर्देशक फिल बेटीले बताए ।

    परियोजनाहरुका लागि अझ बढी कडा ढाँचाको सिर्जना र विदेशमा रहेका चीनियाँ प्रतिभालाई फिर्ता ल्याएर चीनियाँ सरकारले अनुसन्धानको मेहनत र गुणस्तरमा अत्यधिक लगानी गरेको लिङ्नान युनिभर्सिटी हङकङका चेयर प्रोफेसर जोसुआ मोक का-होले बताए ।

    “टाईम्स हाइयर एजुकेशनको वरियताले अनुसन्धान र प्रतिष्ठामा उल्लेखनिय वृद्धि गर्दछ । र चिङ्ग्वालाई विश्वकै उत्कृष्ट विश्वविद्यालय बनाउन चीनियाँ सरकारले रणनीति बनाएर काम गरिरहेको छ,” मोकले भने ।

    हङकङमा, युनिभर्सिटी अफ साईन्स एन्ड टेक्नोलोजी, दुई स्थान झरेर ४५औं वरियतामा छ तर सरकारी लगानी भएको अन्य तीन स्थानीय विश्वविद्यालयहरु ८६ राष्ट्रका १ हजार २ सय ५० वटा उच्च शैक्षिक संस्थाहरुको वरियता सूचीमा माथि उक्लिएका छन् ।

    सुध्रिदों अनुसन्धान प्रभावलाई, विश्वव्यापी रुपमा विश्वविद्यालयको कामलाई विद्वानहरुले उद्धृत गरेको ‍औसत संख्याले मापन गर्नाले चाईनिज युनिभर्सिटी तीन स्थान माथि उक्लिएर ५५औं, सिटी युनिभर्सिटी ९ स्थान माथि उक्लिएर ११०औं र पोलिटेक्निक युनिभर्सिटी पनि ९ स्थान उक्लिएर १७३औं स्थानमा आउन सफल भएको हो ।

    शिक्षणको गुणस्तर र उनीहरुको सिकाइको वातावरण साथै अनुसन्धानको उत्कृष्टताको ख्याति, अनुसन्धान अनुदानको परिमाण र प्रकाशित लेखको संख्या लगायतका अन्य थुप्रै सूचकका आधारमा विश्वविद्यालयहरुको मापन गरिएको थियो ।

    “क्षेत्रीय र विश्वव्यापी प्रतिस्पर्धा वृद्धि” बनाए पनि बेटीले हङकङको प्रदर्शनको प्रशंसा गरेका छन् ।

    “यद्यपि, सुधारलाई निरन्तरता दिन, हङकङका विश्वविद्यालयहरुले उद्योगसँग सम्पर्क र अनुसन्धान क्षमता वृद्धि गर्नलाई अझ धेरै लगानी गर्नुपर्नेछ,” उनले भने ।

    विश्वभरका विद्यार्थी र शिक्षक आकर्षित गर्ने क्षमता र विश्वव्यापी सहकार्य संख्याको आधारमा राम्रो नतिजा ल्याएको हङकङ युनिभर्सिटीले अन्तर-साँस्कृतिक विनिमयको प्रवर्द्धनलाई निरन्तरता दिने बताएको छ ।

    “विद्यार्थीका लागि मुलभूमि चीन र विदेशमा सिकाइको अनुभव प्राप्त गर्ने अवसरहरु पनि हामी वृद्धि गर्नेछौं,” हङकङ युनिभर्सिटीका उपाध्यक्ष तथा सह-उपकुलपति (विश्वव्यापी) डब्ल्यु. जोन काओले भने ।

    विश्वविद्यालयका एक प्रवक्ताले सिकाइ र अनुसन्धानमा राम्रो प्रदर्शन गर्न, र विश्वभरका शीर्ष विश्वविद्यालयहरुसँगको सहकार्यलाई निरन्तरता दिने बताए ।

    वरियता अपेक्षित नै थियो जसमा बेलायत र अमेरिकाका विश्वविद्यालयहरुको वर्चस्व रह्यो । वरियताको पहिलो स्थानमा अक्सफोर्ड युनिभर्सिटी, दोश्रोमा क्याम्ब्रिज र तेश्रो स्थानमा स्ट्यान्फोर्ड युनिभर्सिटी रहेका छन् ।

    तर अमेरिका, युरोप र अष्ट्रेलियाका विश्वविद्यालयरु तल झर्ने जोखिममा रहेको बेटीले बताए । यी क्षेत्रहरु “गहिरिदैं गएको कटौती र बिस्तारै बढ्दो पृथकीकरण” अनुभव गरिरहेका छन् ।

    “ती शर्तहरुमा उत्कृष्टताको वर्तमान मापदण्ड कायम राख्न दीगो रुपमा सम्भव छैन, र – बढ्दो विश्वव्यापी प्रतिस्पर्धाबीच – एकाध सफलताको अपवाद बाहेक, हामी स्थापित विश्वविद्यालयबीच स्थिरता र साधारण पतनका संकेत देख्दैछौं,” उनले भने ।

    जेन झाङ/ एससिएमपी

  • कमेन्ट गर्नुहोस्