• विद्युतीय सवारी साधनलाई प्रोत्साहन दिन वातावरण सल्लाहकारहरूको आग्रह

  • वातावरण सल्लाहकारहरूले नयाँ उर्जाबाट चल्ने विशेष गरी व्यावसायिक विद्युतीय सवारी साधनका लागि अझ बढी पूर्वाधार सहयोग गर्न हङकङ सरकारलाई आग्रह गरेका छन् ।

    एड्भाईजरी काउन्सिल अन ईन्भाईरोन्मेन्टको सोमबार आयोजित एक बैठकमा, परम्परागत व्यावसायिक सवारी साधनहरूलाई धुवाँ ननिकाल्ने विद्युतीय व्यावसायिक विद्युतीय सवारी साधनले प्रतिस्थापन गर्न सरकारले बढी जोड दिनेसक्ने सदस्यहरूले बताए ।

    सासबाट शरिरभित्र प्रवेश गर्ने साना कण र नाईट्रोजन अक्साईड लगायत सवारी साधनबाट हुने करिब ९५ प्रतिशत प्रदुषण मालवाहक ट्रक, बस र ट्याक्सीहरूबाट हुने गर्दछ।यद्यपि, जम्मा सवारी साधनमध्ये यिनीहरूको संख्या करिब २० प्रतिशत मात्रै भएको सन् २०१६ को सरकारी तथ्याङ्कले देखाउँछ ।

    व्यावसायिक विद्युतीय सवारी साधनको प्रयोग प्रोत्साहन गर्न सरकारले कर छुट र लगानीको व्यवस्था गरे पनि, ब्याट्रीको छोटो आयु र चार्ज गर्न लामो समय लाग्ने भएकाले तिनीहरूको प्रयोग सिमीत रहेको ईन्भाईरोन्मेन्टल प्रोटेक्सन डिपार्टमेन्टले जनाएको छ ।

    डिपार्टमेन्टले ट्याक्सीहरू सबैभन्दा ठूलो चुनौती भएको बताएको छ किनभने विद्युतीय ट्याक्सी चार्ज गर्न चार घण्टा लाग्छ र दैनिक एक पटक गरिएको चार्जले पुग्दैन ।

    वातावरण सल्लाहकार तथा हङकङ सोसाईटी फर ट्रान्सपोर्टेसन स्टडीजका एक फेलो, प्रोफेसर हुङ विङ-तातले धेरै चार्जिङ स्टेशन उपलब्ध गराए समस्या समाधान हुने बताए । चालकहरूले आफ्नो शिफ्ट परिवर्तन गर्ने स्थानहरूमा ती स्टेशन राख्न सकिने पनि उनले बताए ।

    “सिंगो दिनका लागि मात्रै एक पटक मात्रै चार्ज गरेर हुँदैन,” उनले भने । “चाहेको समयमा जतिबेला पनि चार्ज गर्न सक्ने स्थान बनाउनु नै मुख्य कुरा हो ।”

    “सरकारको बलियो सहभागीता नभई, सार्वजनिक यातायातका लागि नयाँ उर्जाका सवारी साधन विकास गर्न सम्भव छैन ।”

    डिपार्टमेन्टका अनुसार, पछिल्ला वर्षहरूमा गरिएका सवारी साधन प्रदुषण नियन्त्रणका उपायहरूले सडक छेउको वायु प्रदुषकको सघनता सन् २०१३ देखि २०१७ सम्म २८ बाट झारेर ३२ पुर्‍याएको छ । यद्यपि, सडकछेउको वार्षिक नाईट्रोजन डाईअक्साईड सघनता हावाको गुणस्तरको लक्ष्यभन्दा दोब्बर बढी छ ।

    काउन्सिलका अध्यक्ष स्ट्यान्ली वोङ युएन-फाई र अन्य सदस्यहरूले बितेको पाँच वर्षमा सडकको हावाको गुणस्तरमा प्रगति भएको स्विकार गरेका छन् । बैठकमा पुनर्चक्रण गरिएको पानीको वितरणबारे पनि छलफल भएको थियो ।

    डिसेम्बर १७ सम्म चल्ने ६० दिने परामर्श डिभेलोप्मेन्ट ब्युरो र वाटर सप्लाईज डिपार्टमेन्टको एउटा प्रस्तावमा छ । प्रस्ताव अनुसार “रिक्लेम्ड” पानी, “ट्रिटेड ग्रे वाटर” र संकलन गरिएको वर्षाको पानीलाई सरकारको अनुमति लिएर शौचालय सरसफाइ, सिंचाई र कार धुनलाई प्रयोग गरिनेछ ।

    डिपार्टमेन्टले काउलुन, हङकङ र न्यु टेरिटोरिजमा नोभेम्बरमा तीन वटा सार्वजनिक मञ्च सञ्चालन गरिएको जनाएको छ।पुनर्चक्रण गरिएको पानी प्रयोग गर्नेबारे हालसम्म प्राप्त भएका प्रतिक्रिया र विचार सकारात्मक र सबैले समर्थन गरेको डिपार्टमेन्टले जनाएको छ ।

    प्रस्ताव अन्तर्गत, प्रयोगकर्तालाई शुल्क नलिई सम्बन्धित निकायले फ्लशिङका लागि पानी पुनर्चक्रण गर्नेछ जसको शुल्क फ्लशिङका लागि प्रयोग गरिने नुनिलो पानी जति नै हुनेछ।यसले ८५ प्रतिशत जनसंख्यालाई सेवा दिनेछ ।

  • कमेन्ट गर्नुहोस्