• हङकङ : प्रवासीका लागि विश्वकै छैठौं महँगो शहर

  • हङकङ प्रवासीका लागि विश्वकै महँगो गन्तव्य सूचीको छैठौं स्थानमा उक्लिएको छ । हङकङ डलर बलियो हुँदै गएकाले यस्तो भएको हो । सोमबार जारी गरिएको अर्धवार्षिक सर्वेक्षण अनुसार गत वर्ष सूचीको ९औं स्थानमा रहेको थियो ।

    बलियो मुद्राकै कारण प्रतिस्पर्धी सिंगापुर पनि २१औं स्थानबाट उक्लिएर १८औं स्थानमा उक्लिएको छ । प्रत्येक मार्च र सेप्टेम्बरमा विश्वभरका ४ सय ५० स्थानको सर्वेक्षण गर्दै मानव पुँजी कम्पनी ईसीए ईन्टरनेशनलले सूचीमा रहेका केही एशियाली स्थानहरू तलमाथि हुनुको पछाडी मुद्रा विनिमय मुख्य कारण भएको पत्ता लगाएको छ ।

    ईसीएका क्षेत्रीय निर्देशक ली क्वेनले भने,“हङकङ डलरका लागि सन् २०१८ अर्को एउटा बलियो वर्ष रह्यो…यसले टोकियो र ओस्लोजस्ता स्थानलाई पछि पारेको छ जहाँ सम्बन्धित मुद्राहरू केही कमजोर भएका छन् ।”

    तुर्कमेनिस्तानको राजधानी आश्गबाट विश्वकै सर्वाधिक महँगो स्थान हो । गम्भिर आर्थिक संकटका कारण कालोबजारको विनिमय दरमा वृद्धि र विदेशी विनिमय दरमा अभाव भएपछि आश्गबाट अघिल्लो वर्ष १४६औं स्थानमा सिमीत थियो । फलस्वरूप यसले मुद्रास्फिती बढाएको थियो ।

    अमेरिकी डलरसँग स्थिर भएपछि हङकङको स्थानीय मुद्रा बलियो बन्दै गएको छ । अप्रिल १ देखि हङकङ डलर जापानी येन विरूद्ध १५ प्रतिशत, नर्वेली क्रोन र चीनियाँ युआन विरूद्ध १० प्रतिशत र सिंगापुर डलर विरूद्ध झण्डै ६ प्रतिशतले बलियो बनेको छ । यसको अर्थ ओस्लो र स्टाभेङ्गरजस्ता स्क्यान्डिनेभियन शहरभन्दा हङकङमा बस्नु बढी महँगो छ ।

    “सिंगापुर लामो समयदेखि प्रवासीका लागि बस्न र काम गर्न सबैभन्दा महँगो शहर बन्दै आएको छ र यसले निरन्तरता पाउने देखिन्छ,” क्वेनले भने । “यद्यपि, हङकङ, सांघाई र टोकियोजस्ता विशाल प्रवासी जनसंख्या भएका अन्य प्रमुख एशियाली स्थानको तुलनामा गुजारा चलाउने खर्च यहाँ अझै कम छ ।”

    सांघाईको जीविका खर्च अघिल्लो वर्षभन्दा दुई स्थान तल १४औं स्थानमा पुगेको छ । तर मूलभूमी चीनको सबैभन्दा महँगो शहरको स्थान भने कायमै छ ।

    ईसीए सर्वेक्षणले खाना, घरायसी सामग्री, मनोरञ्जनका सामग्री र सेवाहरू, लत्ताकपडा, विद्युतीय सामग्री, यातायात खर्च, घरबाहिरको खाना, सुर्ती तथा मदिराको खर्चलाई ध्यानमा राखेर जीविका खर्च निकाल्ने गर्दछ । यसले घरभाडा, कार खरिद वा विद्यालयको शुल्कलाई समावेश गर्दैन ।

    सिंगापुरका नागरिक तथा सुरक्षा कम्पनी गार्डफोर्सका प्रमुख कार्यकारी अधिकृत टेरेन्स यापले शहरको बसाईं खर्च बढ्दै गए पनि, हङकङभन्दा अझै सस्तो रहेको बताए ।

    “हङकङमा आवास एउटा चुनौती हो, तर सिंगापुरमा, सरकारले आवासको ग्यारेन्टी गरेको छ,” झण्डै दुई दशकसम्म हङकङमा काम गरेका यापले भने । “धेरै मानिसको मासिक पारिश्रमिकको प्रमुख अंश आवासमा खर्च हुने गर्दछ ।”

    सिंगापुरमा, केही वर्ष अघिको तुलनामा कुनै भोजनालयमा हाईनान चिकेन राईस वा चार क्वे त्वो फ्राईड नुडल्स जस्तो सामान्य परिकारका लागि २ सिंगापुर डलर धेरै तिरेर ५ सिंगापुर डलर बुझाउनुपर्ने यापले पत्ता लगाए । तर हाईनान चिकेन राईससँग एउटा तातो पेय पदार्थका लागि हङकङको परम्परागत चा चान तेङ रेस्टुरेन्टमा करिब ५० हङकङ डलर बुझाउनुपर्दछ । सिंगापुर डलर मुल्य अनुसार यो झण्डै दोब्बर हो ।

    “चा चान तेङले सामान्यतया सुलभ सेवा दिन्छ,” यापले भने । “हङकङका प्रवासीका लागि, बालबालिकाको शिक्षा खर्च ठूलो समस्या हो ।”

    हङकङको वित्त उद्योगमा कार्यरत लन्डनकी स्टेफनी च्यानले शहरमा बिताएको दुई वर्षमा अधिकांश सेवाहरू बिक्री निर्देशित भएको चाल पाईन् ।

    “हङकङ एउटा बिक्री निर्देशित वातावरण हो – जीमको सदस्यता र क्लबको सदस्यता लगायतबम सामाजिक सेवाहरू एकदमै महँगा छन् । यहाँ सेवाहरू एकमुष्ट खरिद गर्न प्रोत्साहन गरिन्छ जस्तै फेसियल वा मेनिक्युरको निश्चित संख्याका लागि एउटा अग्रिम भुक्तानी,” उनले भनिन्न । “यो सस्तो भए पनि, यसले तपाईंको विवेकले खर्च गर्नुपर्ने आयमा ठूलो प्रभाव पार्दछ ।”

    च्यानले यस्तो अभ्यास घरभाडासँग सम्बन्धित रहेको अनुभव गरिन् । उनले बताए अनुसार व्यापारीहरूले मुल्य बढाउँछन् वा सेवाहरूका लागि अग्रिम भुक्तानी माग गर्छन् जसले भाडादर बढाउने नगद बहाव वृद्धि गर्दछ ।

    “सबैभन्दा ठूलो कारण नै भाडादर हो किनभने सानोभन्दा सानो स्थानका लागि असाध्यै महँगो शुल्क तिर्नुपर्छ र हङकङमा बस्ने प्रवासीहरूले हङकङ आईल्यान्ड बस्ने निधो गरे उनीहरूले मासिक ३० हजार हङकङ डलरसम्म शुल्क तिरेर एक्लै वा कुनै अर्को  व्यक्तिसँग बसिरहेका हुनसक्छन् । धेरैजस्तो मामिलामा भाडादर त्योभन्दा बढी नै हुन्छ ।”

    “म यहाँ आएदेखि नै भाडादर बढेको बढ्यै छ,” स्थानीय बसाईं लन्डनभन्दा पनि महँगो भएको बताउँदै च्यानले भनिन् ।

  • कमेन्ट गर्नुहोस्