• टेलिफोनबाटै आकस्मिक सेवा

    दायाँबाट : च्यान यिन–लाम र ल पाक–योङ
  • “हेलो । मेरी पत्निलाई घरमा व्यथा लाग्यो – हे भगवान्, म बच्चाको टाउको देखिरहेको छु, अब म के गरौं ?”

    २६ वर्षिय ल पाक–योङले जीवनमा कहिले नबिर्सिने यो टेलिफोन संवाद दुई साता अघि भएको थियो । उनी आकस्मिक सूचना वा उजुरीका लागि गरिएका फोनहरू उठाउने काम गर्दछन् ।

    नोभेम्बर १४ तारिखका दिन बिहान एक जना पुरूषले उनलाई फोन गरेर पत्निले घरमै बच्चा जन्माउन लागेको खबर गरे । अस्पताल लैजाने समय थिएन ।

    “शुरूमा म केही अत्तालिएको थिएँ किनभने मसँग प्रसूति सेवा सम्बन्धि कुनै अनुभव थिएन । तर ती व्यक्तिलाई मेरो सहयोग आवश्यक परेकोले मैले शान्त रहनुपर्छ भन्ने ठानें, र एक पटक लामो सास तानें,” उनले स्मरण गरे ।

    ती दम्पतीको घरमा एउटा एम्बुलेन्स पठाएपछि, लले उनीहरूलाई नयाँ “पोस्ट-डिस्प्याच एड्भाईस सिस्टम (पीडीएएस)” प्रयोग गर्न सल्लाह दिए । अक्टोबर ४ देखि लागु भएको उक्त प्रणालीले आकस्मिक सेवा–सहयोगका लागि फोन गर्नेहरूलाई ३२ प्रकारका सामान्य परिस्थिती वा रोगव्याध सम्बन्धमा टेलिफोन मार्फत् सल्लाह दिने गर्दछ ।

    ल पाक–योङ

    सन् २०११ यता, शहरका आकस्मिक फोनहरू व्यवस्थापन गर्ने अग्निनियन्त्रक सेवाले फोनग्राहीका लागि हातखुट्टा भाँच्चिएको, कन्भल्जनहाईपोथर्मिया लगायत ६ प्रकारका सामान्य समस्या समाधान गर्नलाई पीडीएएस सेवा शुरू गरेको छ ।

    तर अक्टोबरमा यसले नयाँ प्रणाली शुरू गर्‍यो । ईन्टरनेशनल एकेडेमिक्स अफ ईमर्जेन्सी डिस्प्याचले विकास गरेको प्रश्न गर्ने प्रोटोकल भएको सफ्टवेयर प्रयोग गर्ने पीडीएएसले अचेत हुने, हृदयाघात र प्रसूति जस्ता ३० भन्दा धेरै प्रकारका आकस्मिक परिस्थितीहरूमा सेवा विस्तार गरेको छ ।

    “ती पुरूष निकै अत्तालिएको मलाई सम्झना छ र उनलाई शान्त बनाउन,‘शान्त रहनुस्, म यो समयभरि तपाईंलाई साथ दिनेछु’ भनेर भनें,” लले बताए ।

    दश मिनेटको त्यो टेलिफोन संवादकै क्रममा बच्चा जन्मियो ।

    नयाँ प्रणालीले प्यारामेडिक पुग्नु अघि नै बिरामीलाई सल्लाह दिने गर्दछ

    “म ती व्यक्तिसँग कुरा गरिरहेको थिएँ, र अकस्मात् एक मिनेटसम्म फोनबाट कुनै आवाज आएन, यसले म केही आत्तिएँ,” उनले भने,“तर बच्चाको रोदनले मौनता भंग गर्‍यो र मैले बच्चा जन्मिएको चाल पाएँ ।”

    त्यसपछि उनले ती पुरूषलाई एम्बुलेन्स नआउञ्जेलसम्म आमा र बच्चा दुवैलाई तौलियामा बाँधेर न्यानो राख्ने, बच्चाको श्वासप्रश्साव जाँच्ने, साललाई जुत्ताको तुना वा कुनै डोरीले बाँध्ने निर्देशन टेलिफोनबाटै दिए ।

    “त्यो एकदमै भावुक क्षण थियो । त्यो टेलिफोन संवादबाट म एउटा नयाँ जीवनको जन्मको साक्षी बनेकोमा म एकदमै खुशी छु,” अनुहारमा खुशीको भाव झल्काउँदै उनले भने ।

    लजस्तै फायर सर्भिसेस कम्युनिकेसन्स सेन्टरमा काम गर्ने च्यान यिन–लामले पनि एक जना पुरूषलाई टेलिफोन मार्फत् नै प्रसूति गराउन सहयोग गरेकी छिन् ।

    उनले त्यो घटना आफुले कहिले नबिर्सिने बताईन् ।  “टेलिफोनबाटै अर्कोपट्टि बच्चा रोईरहेको सुन्नु आश्चर्यजनक अनुभव थियो । मलाई सम्झना छ बच्चाको अवस्थालाई लिएर आमा एकदमै चिन्तित थिईन्, र मैले बच्चा एकदमै स्वस्थ भएको उनलाई आश्वासन दिएँ । मैले उनलाई बच्चाको मुख र नाक बिस्तारै पुछ्न भनें ।”

    च्यान यिन–लाम

    काम गर्न थालेको तीन महिनाभित्रै नयाँ प्रणाली प्रयोग गर्न पाएकोमा खुशी लागेको च्यानले बताईन् ।

    “एम्बुलेन्स पठाउने मात्रै भन्दा पनि अब हामीले धेरै काम गर्न सक्ने भएकाले यो कामबाट म निकै सन्तुष्ट छु । हामी बिरामीहरूलाई उपयुक्त पीडीए दिन, एम्बुलेन्स टोली पुग्नुअघि उनीहरूको अवस्था स्थिर बनाउन र बिग्रन नदिन सक्षम भएका छौं,” उनले भनिन् ।

    सेन्टरको पीडीएका मेडिकल निर्देशक डा. चोई यु–फाईले भने,“पहिले, पीडीए प्रणालीको सहयोग नहुँदा परिस्थिती एकदमै अव्यवस्थित हुन्थ्यो । हाम्रो सेवामा अहिले यो उल्लेखनीय परिवर्तन भएको छ जहाँ हाम्रा कर्मचारीहरूले घटनास्थलबाट टेलिफोन गर्ने व्यक्तिलाई प्राथमिक उपचारबारे उपयुक्त सल्लाह दिनसक्छन् । यसले एम्बुलेन्स पुग्नुअघि बिरामीले आवश्यक उपचार तत्काल पाएको सुनिश्चित गर्दछ ।”

    डा. चोई यु–फाई

    डिसेम्बर १८ सम्मको आधिकारिक तथ्याङ्क अनुसार विभागले नयाँ प्रणालीको प्रयोग गरेर एम्बुलेन्सका लागि फोन गर्ने १ लाख १२ हजार १ सय ७५ जनालाई सल्लाह दिएका छन् । विभागमा दैनिक औसत २ हजार २ सय जनाले टेलिफोन गर्ने गरेका छन् ।

  • कमेन्ट गर्नुहोस्